पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने ।

काठमाण्डौ:
पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।
चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न लागेको हो ।
आयोजकका अनुसार केही दिनको नेपाल बसाइमा उनले उनले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्नेछन् । सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन् ।
उनी यसअघि सन् २०१२ मा दशरथ रंगशालामा भएको सांगीतिक कार्यक्रमका लागि नेपाल आएका थिए । आयोजकका अनुसार असलमको कार्यक्रममा नेपालका अन्य चर्चित कलाकारको समेत सहभागिता रहनेछ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…