पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने ।

aatif aslam

 

काठमाण्डौ:

पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । असलमले नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।

चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नै नेपाल आउँदै छन् । कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले गर्न लागेको हो ।

आयोजकका अनुसार केही दिनको नेपाल बसाइमा उनले उनले विभिन्न पर्यटकीय स्थलको समेत भ्रमण गर्नेछन् । सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन् ।

उनी यसअघि सन् २०१२ मा दशरथ रंगशालामा भएको सांगीतिक कार्यक्रमका लागि नेपाल आएका थिए । आयोजकका अनुसार असलमको कार्यक्रममा नेपालका अन्य चर्चित कलाकारको समेत सहभागिता रहनेछ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP