आँधीखोला गाउँपालिकाको फरकशैली ‘ नागरिकको गुनासो सुन्ने,समस्या देख्ने र समाधानमा सहकार्य गर्ने ।’

Aandhikhola gaupalika bhawan

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको आँधीखोला गाउँपालिकाले समग्र विकासका लागि फरक शैली अपनाएको छ । पालिकाले नागरिकका गुनासो सुन्ने,समस्या देख्ने र समाधानका लागि सहकार्य गर्ने रणनीति अपनाउन थालेको हो । गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासमा नागरिकलाई जोड्न र दिगो विकास गर्न फरक शैली अपनाएको पालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी नागरिकका कुरा सुन्छौं,समस्या देख्छांै अनि सामथ्र्य र प्राथमिकताको आधारमा संबोधन गर्दै जान्छौं ।” ‘हाम्रो आँधीखोला राम्रो आँधीखोला’ बनाउँन प्रदेश र संघ सरकार,नागरिक,जनप्रतिनिधि,विभिन्न संघसंस्थासँग हातेमालो गरिरहेको उहाँको भनाई छ ।
पालिकाको समग्र विकासका लागि सवैले सकारात्मक सोच्नु पर्ने भन्दै अध्यक्ष पौडेलले थप्नुभयो,“हामीलाई जनताले नै निर्वाचित गरेका हुन् हामी पनि सिक्दै छौ,कमजोरी भए सच्याउँने छौं ।”

संघ,प्रदेश र विभिन्न संघसंस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउँदै
गाउँपालिकाले संघ र प्रदेशका साथै विभिन्न संघसंस्थासँगको सहकार्यलाई प्रभावकारी बनाउँदै लगेको छ । जल जमिन र जंगलका साथै संभावना बोकेका पयर्टकीय क्षेत्रहरु रहेको पालिकाले सहकार्यले मात्रै दिगो विकास संभव रहेको निश्कर्ष निकालेको हो । गाउँपालिकाका अध्यक्ष पौडेलले सवै पक्षको सहकार्यले मात्रै पालिकाको विकास गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो,“हामीसँग स्रोतसाधनको कमी छ त्यसैले आर्थिक विकासका लागि सहकार्य अपरिहार्य छ ।”
पालिकाले स्थानीय सरकारको एकल तथा संघ,प्रदेश र स्थानीय तहको साझा अधिकारको उपभोग र प्रभावकारी कार्यान्वयनका लागि सवैपक्षको अस्तित्व स्वीकार गर्नु पर्ने भन्दै सहकार्य गर्न सुरु गरेको जनाएको छ ।
संस्थागत सुशासन, लिजा,आरआरए र जस्ता पालिकाको मापनमा उत्कृष्ट हुँदै आएको अध्यक्ष पौडेलको भनाई छ ।
पालिकाले ले चालु आर्थिक बर्षमा सञ्चालन गर्ने सवै योजनाहरु पुस १५ भित्र नै संझौता भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो,“कतिपय पालिकामा असार सम्म नै योजना संझौता गरिन्छन् तर हाम्रो पालिकामा संझौता गरेर काम सुरु भईसकेको छ ।” योजनाको काम प्रभावकारी हुनेमा अधिकारी विश्वस्त हुनुहुन्छ ।
गाउँपालिकाको आयोजना सञ्चालन सम्वन्धी कार्यविधि अनुसार चैत मसान्त भित्र सवै योजनाहरुको काम गर्ने पालिकाको लक्ष्य रहेको छ । अघिल्लो बर्षमा १८४ योजनामा सतप्रतिशत आयोजनाहरु सोही अवधीमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । ससर्त,समपुरक र विशेष अनुदान बाहेकका सवै योजना समयमा नै सम्पन्न हुने उहाँको भनाई छ । समयमा योजनाको काम हुँदा गुणस्तरीय हुने र सेवाग्राही पनि लाभान्वित हुने उहाँको बुझाई छ ।
पलिकाले नीजि संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था र नियोगको सहकार्यमा सामाजिक न्याय, क्षमता बिकास, सामुदायिक संस्थागत बिकास र परामर्श लगायतका अतिरिक्त कार्यहरू पनि गरिरहेको अध्यक्ष पौडेलले बताउनु भयो । पालिकाले गरेको प्रभावकारी कार्यको प्रतिफल सकारात्मक आउने उहाँको विश्वास छ ।
चलु आर्थिक बर्षमा मात्रै १० भन्दा धेरै संघसंस्था तथा निकायहरुको सहकार्यमा पालिकाको आर्थिक विकासका लागि काम गरिरहेको अध्यक्ष पौडेलको भनाई छ ।

Facebook Comments Box
TOP