वालिङ खेलमैदानलाई ‘टुँडीखेल’को रुपमा विकास गरौं : पूर्व नगर प्रमुख खाँण ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा रहेको वालिङ खेलमैदान पछिल्लो केही समय देखि चर्चामा रहेको छ । खेलकुदको लागि परिचीत रहेको खेल मैदानमा वालिङ उद्योग बाणिज्य संघले महोत्सव गर्ने निर्णय गरेसँगै चर्चा र छलफलको बिषय बन्दै आएको हो ।
वालिङको मूख्य भागमा रहेको खेलमैदानमा संघले यो भन्दा अगाडिका सात वटा महोत्सव गरिसकेको छ । बिना योजना निर्माण भईरहेका संरचनाका कारण खेल मैदान खुम्चदै गएको छ । नवौं राष्ट्रिय खेलकुदका क्रममा महिला तर्फको फूटवल यही चौरमा आयोजना भएको थियो ।
प्रतियोगिताका लागि भनेर वालिङ नगरपालिकाले विभिन्न निकायको सहकार्यमा खेलमैदानमा दुबो लगाएको थियो । दुबोको कारण पनि यो खेलमैदान चर्चामा आएको हो ।
वालिङ खेलमैदान रहेको क्षेत्रमा केही सावैजनिक जग्गा रहेको छ भने अधिकांश भूभाग विभिन्न व्यक्तिको नाममा रहेको छ ।
यही मैदानमा आठौं महोत्सव गर्नका लागि स्थानीय सरकारबाट स्वीकृत पाएसँगै वालिङ उद्योग बाणिज्य संघले तयारी सुरु गरेको छ ।
पछिल्लो समय वालिङ खेलमैदानलाई टुँडीखेलको रुपमा विकास गरिनु पर्ने आवाज पनि उठेको छ । वालिङ नगरपालिकाका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले यो मैदानलाई टुँडीखेलको रुपमा विकास गर्नु पर्ने बताउनु भएको हो । आफू नगरप्रमुख हुँदा खेलमैदानको विकासमा विशेष ध्यान दिनुभएका खाँणले सवैले विभिन्न प्रकृतिको कार्यक्रमका लागि उपलव्ध हुने गरी टुँडीखेलको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
वालिङ उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा खाँणले भन्नुभयो,“बढ्दो सहरीकरणसँगै खुला ठाउँहरु पनि राख्न जरुरी छ,सवैको लागि साझा हुने गरी यसलाई टुँडीखेल बनाऔं ।”
आफू अध्यक्ष भएर आयोजना गरिएको जुजुमान स्मृति कप फूटवल प्रतियोगिताबाट बचत भएको रकमबाट केही जग्गा नगरपालिकाको नाममा खरिद गरिएको खाँणले स्पष्ट पार्नु भयो ।
खैल मैदानको दुबो संरक्षण गर्दै महोत्सव गरिने र आगामी दिनहरुमा पनि दुबो संरक्षणमा संघले महत्वपूर्ण भूमिका खेल्ने महोत्सवका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा महोत्सवका निर्देशक शोभाकान्त पौडेलले वालिङ महोत्सव यहाँको ब्राण्ड भएकाले वालिङको ब्राण्डलाई थप उचाईमा लैजाने यो आठौँ महोत्सवले सहयोग पुग्ने बताउनुभयो । वालिङ महोत्सवको व्यवस्थापकीय, प्रर्वद्धनात्मकलगायतका विषयमा धेरै ठाउँमा चर्चा हुने गरेको भन्दै महोत्सवले गाउँगाउँमा उत्पादन भएका उत्पादनहरुलाई बजारीकरण गर्न सहयोग पुगेको पौडेलको भनाई छ ।
पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्यालले खेलमैदानमा लगाईएको दुबोको माया र महत्व वालिङ उद्योग वाणिज्य संघलाई पनि भएको भन्दै दुबोलाई नमास्ने गरी खेलमैदानको वरपर रहेका जग्गाहरुमा बालउद्यान तथा अन्य संचरनाहरु निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुुबो संरक्षणको लागी वाणिज्य संघ पनि उत्तिकै उत्तरदायी छ ।
दुबोको संरक्षणका लागी संघले महोत्सवबाट हुने बचतको ५ प्रतिशत छुट्याएको छ । मेला महोत्सवले यहाँको पैसा चलायमान हुन्छ । महोत्सव गर्न हुँदैन भन्ने धारणा गलत हो । ” संघले यहाँका व्यापारी व्यवसायीको सल्लाह अनुसार नै महोत्सव गरेको भन्दै मेलाले आन्तरिक पर्यटकको आवागमन हुँदा यहाँकै व्यवसायीलाई फाइदा हुने मञ्चका अध्यक्ष अर्यालले बताउनुभयो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजना गरिएको महेत्सवमा यहाँका स्थानीय कृषि उपजहरुको बजारीकरण गर्दै वालिङमा रहेका संभावनाहरुको उजागर गर्न महोत्सवले सघाउ पुग्ने संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवको आर्कषणको रुपमा डान्स आईडल सिजन ३, भजन प्रतियोगिता, रत्यौली गित प्रतियोगिता रहेका छन् ।
महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहनेछन् । जसमा ५० प्रतिशत बुक भैईसकेको आयोजकले जनाएको छ । वालिङ तथा आसपासको पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको जानकारी सहितको फोटो प्रर्दशनी, होमस्टेमा आवासको व्यवस्था समेत गरिनेछ । महोत्सवको संरक्षक संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रर्वद्धकको रुपमा नेपाल पर्यटन बोड रहको छ भने आयोजक वाणिज्य संघ र वालिङ नगरपालिका रहेको छ ।
महोत्सवमा विभिन्न जातजातिहरुको भेषभुषा, कला संस्कृति समावेश गरिनेछ भने प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनी रहनेछ । महोत्सवमा विद्यार्थीका लागी ७० र अन्यका लागी १ सय टिकट तोकिएको छ । महोत्सवमा यहाँका स्थानीय व्यापारीले स्टल राख्न चाहेमा ३० प्रतिशत छुट समेतको व्यवस्था गरिएको छ । महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्नेछन भने महोत्सव अवधिभर १० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड २६ लाख आम्दानी गरी ७९ लाख ५१ हजार खर्च गरी ५६ लाख ४८ हजार बचत गर्ने आयोजकको लक्ष्य छ ।
आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमै हुने भएको छ ।
समाचार
थप सामाग्री
रेडक्रस स्याङ्जाको सभापतिमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : नेपाल रेडक्रस सोसाईटी स्याङ्जा जिल्ला शाखाको सभापतिमा पुन ः दिनेश अर्याल निर्वाचित भएका छन् । शुक्रवार भएको जिल्ला…