बजारको सजावटले वालिङ महोत्सवको रौनक थपियो ।
वालिङ :
वालिङ महोत्सव नजिकिँदै गर्दा वालिङ बजारमा गरिएको सजावटले महोत्सवको रौनक थपिएको छ । ‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित महोत्सवको मिति नजिकिँदै गर्दा वालिङ बजार रंगी विरंगी ध्वजा पतका र ब्यानरले झकिझकाउ भएको छ ।
माघ १८ गतेबाट हुने महोत्सवका लागि बजार सजावट गराउन सवै बजारबासीलाई भनिएको बजार सजावट उपसमितिका संयोजक चुत्रकुमारी थापा (दुर्गा) ले जानकारी दिनुभयो ।
महोत्सवलाई स्वागत गर्नका लागी स्थानीय व्यापारी निकै उत्साहित भएको भन्दै आफ्नै खर्चमा वालिङका व्यापारी व्यवसायीहरुले आफ्नो घर अगाडिमा ध्वजा पतकाले सजाएका हुन् । वालिङका केहि बजार मध्ये भिआईपि टोल, बगालेटोल, मोडमा बजार रंगिबिरंगि भएको छ ।
उता महोत्सव स्थलमा तयारी तब्र पारिएको छ । स्टल निर्माण,बालउद्यान मञ्च निर्माण लगायतका काम धमाधम भईरहेको मूल आयोजक समितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आठौँ वालिङ महोत्सव ५ वर्षपछि हुन लागेको भन्दै सम्पुर्ण जिल्लाबासीको सदभाव र मायाले महोत्सव सफल हुनेमा आफू ढुक्क रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


