वालिङ महोत्सव अपाङ्गतामैत्री बनाईने
राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ महोत्सव अपाङ्गमैत्री बनाईने भएको छ । वालिङ खेलमैदानमा यही माघ १८ देखि २८ गते सम्म सञ्चालन हुने महोत्सवमा शारीरिक रुपमा अशक्त भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपाङ्गतामैत्री बनाउन लागिएको आयोजनकले जनाएको छ ।
महोत्सवको विभिन्न क्षेत्र तथा मञ्चलाई अपाङ्गतामैत्री बनाउने योजना अनुसार काम सुरु भएको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) जानकारी दिनुभयो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न तयारीहरु गरिएको समेत प्रचारप्रसार समितिका संयोजक खनालले बताउनुभयो ।
अघिल्ला महोत्सवमा अपाङ्गतामैत्री नभएको गुनासो आउने गरेको भन्दै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यो पटक उहाँहरुको चाहना अनुसार व्यवस्थापन गर्न सुरु गरिएको बताउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


