वालिङ महोत्सव अपाङ्गतामैत्री बनाईने

राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ महोत्सव अपाङ्गमैत्री बनाईने भएको छ । वालिङ खेलमैदानमा यही माघ १८ देखि २८ गते सम्म सञ्चालन हुने महोत्सवमा शारीरिक रुपमा अशक्त भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपाङ्गतामैत्री बनाउन लागिएको आयोजनकले जनाएको छ ।
महोत्सवको विभिन्न क्षेत्र तथा मञ्चलाई अपाङ्गतामैत्री बनाउने योजना अनुसार काम सुरु भएको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) जानकारी दिनुभयो ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि विभिन्न तयारीहरु गरिएको समेत प्रचारप्रसार समितिका संयोजक खनालले बताउनुभयो ।
अघिल्ला महोत्सवमा अपाङ्गतामैत्री नभएको गुनासो आउने गरेको भन्दै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले यो पटक उहाँहरुको चाहना अनुसार व्यवस्थापन गर्न सुरु गरिएको बताउनु भयो ।

Facebook Comments Box
TOP