आठौं वालिङ महोत्सव वालिङ खेलमैदानमै हुने
वालिङ :
वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ ।
आगामी माघ १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने महोत्सव कहाँ गर्ने भन्ने स्थल टुंगो नलाग्दा अन्यौल भएको विषय नगरपालिकाले अन्त्य गरेको छ ।
वालिङ नगरपालिकाले वडा अध्यक्षहरूको वैठकवाट महोत्सव सन्चालनका लागि खेलमैदान दिने निर्णय गरिएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।
वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो ।
नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र सरोकारवाला राजनैतिक दल नागरिक समाज संग राय सल्लाह वमोजिम पुर्ववत स्थानमै महोत्सव सन्चालन गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
उता उद्योग वाणिज्य संघले महोत्सव स्थलको विषयमा जग्गा व्यवस्थापन र खेलमैदान सहजीकरणका लागि पूर्व पदाधिकारी पदमराज गुरूङको नेतृत्वमा ३ सदस्यी समिती गठन गरेको थियो ।
खेलमैदानको दुवो संरक्षणका लागि उद्योग वाणिज्य संघले महोत्सवको नाफाको ५ प्रतिशत रकम खर्च गर्ने भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


