आठौं वालिङ महोत्सव वालिङ खेलमैदानमै हुने
वालिङ :
वालिङ उद्योग वाणिज्य संघ यतीबेला आठौं वालिङ महोत्सव २०८० को तयारीमा जुटेको छ ।
आगामी माघ १८ गतेदेखी २८ गतेसम्म आयोजना हुने महोत्सव कहाँ गर्ने भन्ने स्थल टुंगो नलाग्दा अन्यौल भएको विषय नगरपालिकाले अन्त्य गरेको छ ।
वालिङ नगरपालिकाले वडा अध्यक्षहरूको वैठकवाट महोत्सव सन्चालनका लागि खेलमैदान दिने निर्णय गरिएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।
वालिङ नगरपालिकाले राष्ट्रिय महिला फुटवल प्रतियोगिता वालिङ खेलमैदानमा आयोजना गर्दा झण्डै ५० लाखको लागतमा हरियो दुवो लगाएको थियो । अहिले दुवो लगाएको ठाउँमा नगरपालिकाले संरक्षण गर्ने भन्दै तारबार गरेपछि महोत्सव स्थल अन्यौलमा परेको थियो ।
नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र सरोकारवाला राजनैतिक दल नागरिक समाज संग राय सल्लाह वमोजिम पुर्ववत स्थानमै महोत्सव सन्चालन गर्न दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
उता उद्योग वाणिज्य संघले महोत्सव स्थलको विषयमा जग्गा व्यवस्थापन र खेलमैदान सहजीकरणका लागि पूर्व पदाधिकारी पदमराज गुरूङको नेतृत्वमा ३ सदस्यी समिती गठन गरेको थियो ।
खेलमैदानको दुवो संरक्षणका लागि उद्योग वाणिज्य संघले महोत्सवको नाफाको ५ प्रतिशत रकम खर्च गर्ने भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


