वालिङ महोत्सवको विषयमा बैंक तथा वित्तिय संस्थासंग छलफल
वालिङ :
वालिङ महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागी मंगलबार यहाँका बैंक, वित्तय संस्था, सहकारी तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुसंग छलफल भएको छ ।
वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा यही माघ १८ देखि २८ गतेसम्म आठौँ वालिङ महोत्सव हुँदैछ । महोत्सवको तिव्र तयारीमा रहेको वालिङ उद्योग वाणिज्य संघले यहाँका बैंक तथा वित्तिय संस्था र बिमा कम्पनीहरुसंग महोत्सवको विषयमा छलफल तथा अन्र्तक्रिया गरेको हो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा आठौँ वालिङ महोत्वसका निर्देशक शोभाकान्त पौडेलले महोत्सव सफल बनाउनका लागी यहाँका बैंक तथ वित्तिय संस्था, शैक्षिक संस्था, व्यापारी व्यवासायी, कृषक तथा आम नागरिकको उत्तिकै महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
वालिङको ब्राण्ड बनिसकेको वालिङ महोत्सव सफल पार्न विगतमा पनि बैंक तथा वित्तिय संस्थाहरु पुर्ण प्रतिवद्ध भएर लागिपरेको भन्दै यसपटक पनि उत्तिकै साथ र सहयोग रहने उहाँको विश्वास छ । कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा आठौँ वालिङ महोत्सवका संयोजक चेतनारायण श्रेष्ठले कार्यक्रमको विषयमा प्रकाश पार्दै महोत्सव सम्पुर्ण वालिङबासीको गौरव भएकाले महोत्सव सफल बनाउन सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वालिङ बैंर्कस एशोसियसनका अध्यक्ष उज्जवल श्रेष्ठ, माछापुच्छे्र्र्र्र्र्र्र बैंक साखा वालिङका प्रमुख ख्यामनारायण काफ्ले, मुक्तिनाथ विकास बैंक साखाका प्रमुख नविन काफ्ले, हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख पृथ्वीनारायण शर्मा, उपकार बचत तथा ऋण सहकारी संस्थाका निमित्त महाप्रबन्धक झलकनारायण पाण्डेलगायतले महोत्सव सफल पार्न बैंक, तथा वित्तिय संस्था, बीमा कम्पनीबाटपुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष तथा महोत्सवका संयोजक चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


