वालिङ महोत्सव-स्थानीय व्यापारीलाई सहुलियतमा स्टल, स्थानीय व्यवसायीले गरे १५० स्टल बुक
वालिङ :
वालिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगि रहेको छ । यही माघ १८ देखि २८ गतेसम्म आयोजित आठौँ वालिङ महोत्सव वालिङ खेलमैदानमा सञ्चालन हुँदैछ । महोत्सवमा स्थानीय व्यापारी व्यवसायीलाई प्राथामिकता दिईएको छ । स्थानीय व्यापारी व्यवसायीलाई पहिलो प्राथामिकतामा राखेर सहुलित दरमा स्टल दिईए पछि व्यवसायीहरु पनि उत्साहित भएकाछन् ।
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचना” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय व्यवसायीले मात्रै १५० स्टल बुक गरेकाछन् ।
महोत्सवमा स्थानीय व्यापारी व्यवसायीहरुलाई ३० प्रतिशत छुट समेत दिईएको भन्दै महोत्सव मिति आउन एक हप्ता बाँकी रहँदा स्थानीय व्यापारी धेरै इच्छुक देखिएको अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहने भन्दै खनालले बाहिरका धेरै व्यापारी व्यवसायीले स्टल दर्ता गर्न इच्छा राखे पनि अझै केहि दिन स्थानीय व्यापारीका लागी समय दिईएको बताउनुभयो । खर्च अनुगमन तथा स्टल बुकिङ उपसमितिका संयोजक केशव पराजुलीका अनुसार महोत्सवमा वालिङका स्थानीय व्यापारी झण्डै १५० स्टल बुकिङ गरेको बताउनुभयो ।
जसमा कृषि, फेन्सी तथा कपडा, होटललगायतका रहेका छन् । पराजुलीले भन्नुभयो, “महोत्सवमा स्थानीयहरु स्टल राख्न धेरै चासो राख्नुभएको छ । हामीले संघको सदस्य तथा नियमित नवीकरण गरेका सहुलियतमा स्टल दिनेछौँ ।” महोत्सवमा कृषितर्फ २० ओटा स्टल निशुल्क १० ओटा केहि सहुलियतमा दिने आयोजकले जनाएका छन् ।

महोत्सवका लागी करिव ९५ प्रतिशत स्टल बुकिङ भईसकेको स्टल बुकिङ उपसमितिका संयोजक पराजुलीले बताउनुभयो । महोत्सवबाट यहाँका व्यापारी व्यवसायी नै लाभान्वित होउन भन्ने उद्देश्यले यहाँका व्यापारीलाई विशेष छुटका साथ पहिलो प्राथामिकतामा राखिएको भन्दै स्टल राख्न चाहाने तर पैसा नभएका सदस्यलाई सहुलियतमा स्टल दिएर पैसा आर्जन गर्ने वातावरण सृजना गर्ने संयोजक पराजुलीले बताउनुभयो ।
आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा आठौँ वालिङ महोत्सव प्रचारप्रसार, कलाकार समन्वय तथा बाल उद्यान उपसमितिका संयोजक पिताम्बर खनालले स्थानीय उत्पादनको पर्वर्धन गर्ने र व्यवसायीलाई सहयोग पुर्याउन महोत्सवको ध्यान रहेको बताउनु भयो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


