कृषि तथा अर्गानीक वस्तुको बजारीकरणका लागी वालिङ महोत्सव

वालिङ  :
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मुल नाराका साथ आयोजित आठौँ वालिङ महोत्सव यही माघ १८ देखि २८ गतेसम्म आयोजना हुँदैछ । यसपटकको महोत्सव कृषिमय हुने आयोजकले जनाएका छन् । महोत्सवमा २० ओटा निशुल्क र १० ओटा स्टल विषेश छुटमा कृषि उपजको विक्रि वितरण, प्रर्दशनी हुने आयोजक वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
गाउँका कृषक सम्पन्न नभईकन व्यापारी व्यवासायीको व्यापार हुन नसक्ने भएकाले गाउँमा उत्पादन भएका कृषि उपजहरुको बजारीकरण गर्न तथा अर्गानीक वस्तुको विक्रि वितरण गर्न वालिङ महोत्सवको आयोजना गरिएको संघका पुर्व अध्यक्ष तथा जग्गा तथा अनुगमन व्यवस्थापन उपसमितिका संयोजक पुण्यप्रसाद अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो, “गाउँका किसान सम्पन्नशाली नहुँदासम्म बजार आर्थिक रुपमा चलायमान हुन सक्दैन भन्ने हामीले बुझेका छौँ । ग्रामिण भेगमा उत्पादन भएका चिजहरुको बजारीकरण गर्न यो महोत्सवको आयोजना गरेका छौँ ।”
विगत ७ वटै महोत्सवमा प्रत्यक्ष रुपमा संंलग्न भएर काम गर्नुभएका अर्यालले दुवो भएका ग्राउण्डमा दर्शन बस्ने  व्यवस्था मिलाईएको र खेलमैदानको साईडमा रहेको जग्गामा स्टलहरु बाल उद्यान निर्माण जारी रहेको उहाँले बताउनुभयो । रेडियो आँधीखोलासंग कुराकानी गर्दै पुर्व अध्यक्ष अर्यालले वालिङलाई राष्ट्रिय रुपमा चिनाउन वालिङ महोत्सवको पनि महत्वपुर्ण भुुमिका रहेको  बताउनभुयो । उहाँले भन्नुभयो, “महोत्सवले वालिङको पहिचानका लागी महत्वपुर्ण भुमिका खेलेको छ । अन्य थुप्रै सकरात्मक कार्यका कारण वालिङको पहिचान बनेको छ । त्यसमध्येका एउटा कार्य महोत्सव पनि हो ।”
त्यस्तै संघका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमितिका संयोजक रमेश अर्यालले सचिवालय व्यवस्थापनको कार्य दु्रत गतिमा अगाडि बढेको बताउनुभएको छ । आठौँ संस्करणको महोत्सवमा कृषि, शैक्षिक प्रर्दशनी, बाल प्रतिभाहरुको प्रर्दशनी गरिने भन्दै महोत्सवले पढ्न सिकाउने, कृषि यान्त्रीकरणको बारेमा जानकारी दिने, उद्यमलाई प्रर्वद्धन गर्ने, पर्यटनलाई उजागर गर्ने भन्दै महोत्सवलाई अपांगमैत्रि बनाउने प्रयास गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यसपटक २९ ओटा उपसमिति गठन  गरेर सोही अनुसारको तयारी गरेका छौँ । महोत्सवलाई सक्दो अपांगमैत्रि बनाउने प्रयासमा छौँ । पुर्ण अपांगलाई निशुल्क प्रदेश, अन्य वर्गका अपांगता भएकाहरुका लागी विषेश छुटका साथ महोत्सव स्थल प्रवेश गर्ने व्यवस्था मिलाउँदैछौँ ।” महोत्सवमा ३०० भन्दा धेरै स्टलहरु रहनेछन् भने ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा १ करोड २६ लाख आम्दानी, ७९ लाख ५१ हजार खर्च गर्दै ५६ लाख ४९ हजार बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।
Facebook Comments Box
TOP