वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनी हुँदै ।

वालिङ:
वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनाम यहि माघ १८ गते देखि २८ सम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आठाैं वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि वालिङ नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ।
महाेत्सवमा शैक्षिक क्षेत्र संग सम्बन्धित विषय वस्तुहरुकाे प्रदर्शनीकाे लागि शिक्षा उपसमितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे।
अन्तरक्रिया कार्यक्रममा वालिङ उद्याेग वाणिज्य संघका महासचिव रमेश अर्यालले यश क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुबाट उत्कृष्ठ खालका संस्कृती र आधुनिकता झल्काउने प्रकारका विषयवस्तुहरुकाे अवलाेकन गर्ने अवसर मिल्ने विश्वास ब्याक्त गर्नुभयाे। विद्यालय अध्ययन अध्यापन गर्ने क्षेत्र मात्रै नभएर एउटा नयाँ नयाँ विषयवस्तुहरुकाे सृजना गर्ने थलाे भएकाेले समेत भएकाेले साेहि अनुसारकाे अपेक्षा वालिङ उद्याेग वाणिज्य संघकाे रहेकाे बताउनुभयाे। अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरुले आ-आफ्नाे विद्यालयबाट महाेत्सवमा प्रदर्शनीकाे लागि विषय वस्तुकाे छनाेट गरेर साे कार्यमा लाग्ने बताउनुभएकाे थियाे।
वालिङ उद्याेग वाणिज्य संघका सचिव एवं महाेत्सवकाे प्रचारप्रसार समितिका संयाेजक पिताम्बर खनाल (सुसिलले) शैक्षिक प्रदर्शनीकाे लागि छुट्टै स्टलकाे ब्यवस्था गर्नुका साथै उत्कृष्ठ प्रदर्शनी गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने जानकारी दिनुभयाे।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…