वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनी हुँदै ।
वालिङ:
वालिङ उद्याेग वाणिज्य संघकाे आयाेजनाम यहि माघ १८ गते देखि २८ सम्म वालिङ खेल मैदानमा सञ्चालन हुने आठाैं वालिङ महाेत्सवमा शैक्षिक प्रदर्शनीकाे लागि वालिङ नगरपालिका भित्र रहेका विद्यालयका शिक्षकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ।
महाेत्सवमा शैक्षिक क्षेत्र संग सम्बन्धित विषय वस्तुहरुकाे प्रदर्शनीकाे लागि शिक्षा उपसमितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे।
अन्तरक्रिया कार्यक्रममा वालिङ उद्याेग वाणिज्य संघका महासचिव रमेश अर्यालले यश क्षेत्रमा रहेका शैक्षिक संस्थाहरुबाट उत्कृष्ठ खालका संस्कृती र आधुनिकता झल्काउने प्रकारका विषयवस्तुहरुकाे अवलाेकन गर्ने अवसर मिल्ने विश्वास ब्याक्त गर्नुभयाे। विद्यालय अध्ययन अध्यापन गर्ने क्षेत्र मात्रै नभएर एउटा नयाँ नयाँ विषयवस्तुहरुकाे सृजना गर्ने थलाे भएकाेले समेत भएकाेले साेहि अनुसारकाे अपेक्षा वालिङ उद्याेग वाणिज्य संघकाे रहेकाे बताउनुभयाे। अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरुले आ-आफ्नाे विद्यालयबाट महाेत्सवमा प्रदर्शनीकाे लागि विषय वस्तुकाे छनाेट गरेर साे कार्यमा लाग्ने बताउनुभएकाे थियाे।
वालिङ उद्याेग वाणिज्य संघका सचिव एवं महाेत्सवकाे प्रचारप्रसार समितिका संयाेजक पिताम्बर खनाल (सुसिलले) शैक्षिक प्रदर्शनीकाे लागि छुट्टै स्टलकाे ब्यवस्था गर्नुका साथै उत्कृष्ठ प्रदर्शनी गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने जानकारी दिनुभयाे।

समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


