चापाकोटमा दुई महिने साङ्केतिक भाषा तालिम सुरु

चापाकोट :

स्याङ्जाको चापाकोट नगरपालिका वडा न -९ मगर भवनमा २ महिने साङ्केतिक भाषा तालिम सुरु गरिएको छ ।

चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपाङ्ग संघले आयोजना गरेको तालिममा बोल्दै चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले राज्यले अपाङ्गहरुको दैनिक जीवनमा आइपर्ने समस्याहरु समाधान गर्न सहयोग गरिरहेको भए पनि लक्ष्य अनुरुप कार्य हुन नसकेको बताउनु भयो । नगरपालिका भित्रका हरेक अपाङ्ग नागरिकको क्षमता विकासका लागि नगरले योजना बनाएर सीप विकास तालिममा लगानी गरिएको बताउनु भयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाह,वडा न- ९ का वडा अध्यक्ष कृष्ण सुवेदी ,उमेश दर्लामीले आफ्नो भनाइ राख्नुभएको थियो । ५० जना सहभागी तालिममा नारायण भण्डारीको स्वागत चापाकोट अपाङ्ग सघका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन दिपेश भण्डारीले गर्नु भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP