चापाकोटमा दुई महिने साङ्केतिक भाषा तालिम सुरु
चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिका वडा न -९ मगर भवनमा २ महिने साङ्केतिक भाषा तालिम सुरु गरिएको छ ।
चापाकोट नगरपालिकाको मुख्य सहयोगमा चापाकोट अपाङ्ग संघले आयोजना गरेको तालिममा बोल्दै चापाकोट नगरपालिकाका नगर उप प्रमुख इशा रानाले राज्यले अपाङ्गहरुको दैनिक जीवनमा आइपर्ने समस्याहरु समाधान गर्न सहयोग गरिरहेको भए पनि लक्ष्य अनुरुप कार्य हुन नसकेको बताउनु भयो । नगरपालिका भित्रका हरेक अपाङ्ग नागरिकको क्षमता विकासका लागि नगरले योजना बनाएर सीप विकास तालिममा लगानी गरिएको बताउनु भयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यलय चापाकोटका प्रहरी नायव उपरीक्षक जेशी शाह,वडा न- ९ का वडा अध्यक्ष कृष्ण सुवेदी ,उमेश दर्लामीले आफ्नो भनाइ राख्नुभएको थियो । ५० जना सहभागी तालिममा नारायण भण्डारीको स्वागत चापाकोट अपाङ्ग सघका अध्यक्ष सुनिता थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन दिपेश भण्डारीले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


