स्याङ्जाका प्रजातन्त्र सेनानीहरु सम्मानित ।

Nepali congress Syangja Samman

राधाकृष्ण डुम्रे/वालिङ:
व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्याङ्जाका विभिन्न व्यक्तिहरु सम्मानित हुनु भएको छ । प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याएका व्यक्तिहरुलाई नेपाली कांग्रेस स्याङ्जाले सम्मान गरेको हो ।
नेपाली कांग्रेसका स्याङ्जाको पहिलो जिल्ला सम्मेलनका अवसरमा सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरुलाई सम्मान गर्नु भएको हो ।
नेपालको प्रजातन्त्र र लोकतन्त्र स्थापनाको लागि २००७,२०४६ र २०६२/६३ मा भएका आन्दोलनमा सहभागी जिल्लाका आठ जनालाई सम्मान गरिएको हो ।
कांग्रेसले आँधीखोला गाउँपालिकाका ८६ बर्षीय बेदप्रसाद पनेरु,फेदीखोला गाउँपालिका ८७ बर्षीय तारापति सुवेदी, पुतलीबजारका ९६ बर्षीय भोलानाथ लम्साल,८० बर्षीय देब नरसिंह ठकुरी,७४ बर्षीय श्रीप्रसाद जिटी,८२ बर्षीय विश्वप्रेम अधिकारी,भीरकोटका ७४ बर्षीय खगेन्द्रराज रेग्मी र कालीगण्डकीका ७४ बर्षीय शालिकराम न्यौपानेलाई प्रजातन्त्र सेनानीको रुपमा सम्मान गरिएको नेपाली कांग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाले जानकारी दिनुभयो ।
उहाँहरु सबैलाई सभापति देउवाले दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP