कला, संस्कृति संरक्षण र उत्पादनको प्रवर्धनमा जोड दिऔं : नगर प्रमुख रेग्मी ।
स्याङजा :
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले कला, संस्कृति र उत्पादनको प्रवर्धनमा जोड दिनु पर्ने बताउनु भएको छ । मेला महोत्सवले जिल्लाको पहिचान बढाउने भन्दै प्रमुख रेग्मीले कला संस्कृति नेपालको पहिचान भएको बताउनु भयो ।
दोस्रो आँधीखोला महोत्सवको उदघाटन गर्दै नगरप्रमुख रेग्मीले सवैको सहकार्यले मात्रै देश संमृद्ध बन्न सक्ने बताउनु भयो ।
जिल्लामा उत्पादित सुन्तला, कफी, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गर्दै आयआर्जनमा जोड्न सहयोग पुग्ने गरी गरिएका महोत्सवले उद्देश्य बमोजिममा कार्य गर्न समेत सुझाव दिनुभयो ।
पालिकाले स्थानीय उत्पादनलाई प्रवर्धन गर्न विभिन्न काम गर्दै आईरहेको बताउनु हुँदै प्रमुख रेग्मीले उत्पादनले मात्रै देश संमृद्ध हुन सक्ने स्पष्ट पार्नु भयो । महोत्सव स्थानीय उत्पादनलाई प्राथमिकता दिन रेग्मीको आग्रह छ ।
कार्यक्रममा उपप्रमुख देवी अर्या, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य किसन सुनुवार, पुतलीबजारका पूर्व प्रमुख सीमा क्षेत्री, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा एमाले उपसचिव तारा शर्मा, नेकपा माओवादी नगर अध्यक्ष नारायण लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष बसन्त पंगेनीलगायतले बोल्नुभएको थियो ।
च्याम्बर अफ कमर्श स्याङजाले महोत्सव गरेको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


