यू–१९ विश्वकपका नेपाली युवा स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही ।
काठमाण्डौ:
नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो ।
उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको जीत हासिल गरेको थियो । पाकिस्तानले ब्याटिङ गरिरहँदा १४ औँ ओभरमा भण्डारीले गलत तरिकाले पाकिस्तानका ब्याट्सम्यान शाहजिब खानतर्फ फ्याँकेका थिए । बलले उनको हातमा लागेको थियो ।
आईसीसीका अनुसार भण्डारीले आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ लाई तोडेको पाइएको छ । यस अनुसार कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाउँदैन ।
कारबाही स्वरूप आईसीसीले भण्डारीको अनुशासनको रेकर्डमा एक ‘डिमेरिट प्वाइन्ट’ थप गरेको छ । भण्डारीले आफूले गल्ती गरेको र आईसीसीका म्याच रेफ्री ग्रेम ल्याब्रोईद्वारा प्रस्तावित कारबाही स्वीकार गरिसकेकाले यसबारे थप सुनुवाइ आवश्यक नरहेको आईसीसीले जनाएको छ ।
लेभल १ को नियम तोड्दा खेलाडीको म्याच फिको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई अङ्क डिमेरिट प्वाइन्ट दिइन्छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


