चापाकोट : छैटौँ मेयर कपको उपाधि वडा नं. ६ लाई
स्याङ्जा :
चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ । नगर खेलकुद विकास समितिले गरेको पुरुष तथा महिला भलिबल दुबैमा उप विजेता वडा नं ४ भएको हो ।
पुरुषतर्फ वडा नं ६ ले २–१ को सेटमा २५–१९, २३–२५, १५–१० अङ्कले वडा नं ४ लाई पराजित गरेको हो । यस्तै, महिला तर्फ २–१ को सेटमै २६–२४, १२–२५, २०–१८ अङ्कले वडा नं ४ पराजित भएको हो ।
प्रतियोगितामा विजेताले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र जित्दा उपविजेता भने ३० हजारमा चित्त बुझाउनु परेको हो । माघ २ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा वडाको सहभागिता रहेको गण्डकी प्रदेश खेलाडी राजन दर्लामी मगरले बताउनुभयो ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


