चापाकोट : छैटौँ मेयर कपको उपाधि वडा नं. ६ लाई

स्याङ्जा :
चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ । नगर खेलकुद विकास समितिले गरेको पुरुष तथा महिला भलिबल दुबैमा उप विजेता वडा नं ४ भएको हो ।
पुरुषतर्फ वडा नं ६ ले २–१ को सेटमा २५–१९, २३–२५, १५–१० अङ्कले वडा नं ४ लाई पराजित गरेको हो । यस्तै, महिला तर्फ २–१ को सेटमै २६–२४, १२–२५, २०–१८ अङ्कले वडा नं ४ पराजित भएको हो ।
प्रतियोगितामा विजेताले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र जित्दा उपविजेता भने ३० हजारमा चित्त बुझाउनु परेको हो । माघ २ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा वडाको सहभागिता रहेको गण्डकी प्रदेश खेलाडी राजन दर्लामी मगरले बताउनुभयो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…