शुभलक्ष्मी सहकारीद्वारा न्यानो कपडा वितरण ।
भीरकोट :
भीरकोटमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । भीरकोट नगरपालिका २ मा रहेको सहकारीले दहथुम माविको ७२ औं बार्षिकोत्सवका अवसरमा न्यानो कपडा वितरण गरेको हो ।
संस्थाको अध्यक्ष भक्त बहादुर के सी सहितको संचालक समितिको टोलीले २० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई न्यायनो कपडा वितरण गरेको हो ।
कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै संस्थाका अध्यक्ष केसीले शुभलक्ष्मी सहकारी संस्थाले सदस्य र समुदायको आर्थिक,सामाजिक,सास्कृतिक उन्नयन र प्रगतीको लागि काम गरिरहेका जानकारी गर्दे संस्थाले एक घर एक सदस्य निति लिई सदस्यता व्यापक रुपमा विस्तार गर्ने लक्ष्य राखी अगाडी बढेको र सदस्यताको लागि आग्रह पनि गर्नु भयो ।
समुदाय भित्र आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुन नपरोस भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शुभलक्ष्मी सहकारी संस्था नाफाको सोच भन्दा पनि सदस्यहरुको विशुद्ध सेवामा लागी परेको पनि बताउनुभयो ।

अघिल्लो बर्ष पनि सो विद्यालयमा न्यानो कपडा वितरण गरेको सहकारी संस्थाले सहकारी संस्था सदस्यहरु बिचको सहकार्य भएकोले समुदायको आम नागरिकहरुलाई सहकार्यको लागि काम गर्ने अध्यक्ष केसीलेब बताउनु भयो ।
संस्थामा बचतको सुरक्षाका साथ उच्चतम ब्याजदर र ऋणमा सहज तरिकाले सुलभ दरमा सदस्यहरुलाई धितो बिना धितो तथा सामुहिक जमानीमा ऋण प्रवाह भईराखेको जानकारी दिदै सामुदायिक विद्यालयहरुमा शिक्षकको रुपमा कार्यरत शिक्षकहरुलाई उत्पादनमुलक,सिपमुलक र आयमुलक कार्यको लागि बिना धितो पाँच लाख सम्म ऋण प्रवाह गरीरहेको संस्थाको भनाई छ ।
संस्थाको तर्फबाट सचिव पुष्पा अधिकारी,कोषाध्यक्ष भगवान के सी,संचालक सदस्य अर्जुनकुमार श्रेष्ठ, पूर्ण बहादुर के सी र व्यवस्थापक लेख बहादुर के सी सहभागी हुनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष श्यामकाजी अधिकारी,प्रमुख अतिथी गण्डकी प्रदेशको उर्जा जलस्रोत सिचाई तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, भिरकोट नगरपालिकाका निर्वतमान मेयर छायाराम खनाल, विद्यालएका प्रधानध्यापक तोयनाथ कोइराला, सहायक प्रधानध्यापक टोल प्रसाद रेग्मी, शेषकान्त खनाल लगायतले बोलेका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…