सम्पादक डुम्रे सहित स्याङ्जाका तीन पत्रकार सम्मानित ।

Radhakrishna Dumre Syangja

स्याङ्जा, पुस २५ गते ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्याङ्जाले रजत जयन्तीमा आँधीखोला मिडिया तथा सामुदायिक चेतना मञ्चद्वारा सञ्चालित आँधीखोला खवर डटकमका प्रधान सम्पादक राधाकृष्ण डुम्रे सम्मानित हुनु भएको हो ।
पुतलीबजार नगरपालिका ३ बाडखोलामा केन्द्रिय कार्यालय रहेको सुर्योदयले बुधबार डुम्रे सहित पत्रकार महासंघ स्याङ्जाका कोषाध्यक्ष एक बहादुर गोदार रमेश र गोरखापत्रको स्याङजा समाचारदाता अर्जुन काफ्ले सम्मानित हुनु भएको हो ।
डुम्रे पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष हुनुहुन्छ भने गोरखापत्र, उज्यालो लगायतका मिडियामा आवद्ध रहनु भएको छ ।
तीनै जनालई दोसल्ला ओडाएर सम्मानपत्र सहित नगद सहित प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सम्मान गर्नु भएको हो ।
सकारीका प्रबन्धक धु्रब नारायण श्रेष्ठले रजतजयन्तीमा पत्रकार सहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा उत्कृष्ट सेवाग्राही, जेष्ठ सदस्य, प्रविधि मार्फत उत्कृष्ट कारोवार गर्ने सदस्य २५÷२५ जना, प्रारम्भिक तदर्थ समिति सदस्य आठ जना, १० वर्ष माथि कार्यरत कर्मचारी छ जनालाई सम्मान गरेको बताउनुभयो ।
यस्तै रजतजयन्तीमा ४२ जनाले रक्तदान गरेका हुन् भने सहकारी सचेतना तथा सरसफाई कार्यक्रम, नियमित बचतको महत्व विषयक पालिका स्तरीय निवन्ध, सूर्योदय हाजिरी जवाफ, स्वास्थ्य शिविर, विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा खाध्यान्न बितरण गरिएको हो ।
बचत प्रमुख मोती प्रसाद मरासिनीले पाचँ, १०, १५, २० र २५ वर्षे दीर्घकालीन बचत योजना घोषणा तथा योगदानमा आधारित सदस्य सुरक्षा राहत घोषणा गरिएको बताउनुभयो ।
२०५५ पौष २५ गते तीन जता युवाहरु मिली प्रति व्यक्ति रुपियाँका दरले ६० बचत सङकलन गरेर सूर्योदय बचत समुहको रुपमा स्थापना गरिएको थियो । सोही समुह तत्कालीन सहकारी ऐन २०४८ अन्तरगत २०५७ भाद्र २२ गते जिल्ला सहकारी कार्यालय स्याङ्जामा दर्ता नं. ७४ कायम भई सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेको हो । सुर्योदयका पाच शाखाँ, एक उपशाखाँ तथा १० हजार ९४० शेयर सदस्य तथा एक हजार ८८१ ऋणि रहेका छन् ।
शुसासनयुक्त सुदृढ र विश्वासिलो संस्था बताउने परिकल्ना गरेको सहकारीले एशीयाली ऋण महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि सञ्चालनमा ल्याएको एक्सेस व्राण्डीङ कार्यक्रममा सहभागीता जनाई ८६ वटा सूचकहरूमा निरन्तर कार्यहरु गर्दै आएको छ । सहकारीको सात करोड ६६ लाख पाचँ हजार पाचँ सय रुपियाँ शेयर पूँजी रहेको छ भने कुल पूँजी ७३ करोड २३ लाख दुई हजार ८९० रुपियाँ १२ पैसा रहेको छ ।

Facebook Comments Box
TOP