राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सव वालिङमा मनाईयो ।

वालिङ :
राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव वालिङमा पनि मनाइएको छ । बैंकको वालिङ शाखाले छलफल,अन्तरक्रियता तथा सम्मान कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवकार्यक्रमलाई सम्बोधन गर्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना ग्राहकहरुको हितमा काम गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय वाणिज्य बैंकले देशको आर्थिक विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
पृथ्वी जगतमा मानव वस्तीको विकाससंगै अन्य क्रियाकलापहरु सुरु भएकाले मानिस रहे सम्म आर्थिक क्रियाकलाप हुने भएकाले आफ्नो ग्राहकमैत्री सेवा प्रदान गर्न बैंकलाई नगरप्रमुख खाँणले आग्रह गर्नुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बैंकहरुले कोभिड अगाडिको परिस्थितिमा कर्जा लिन व्यवसायीहरुलाई प्रेरित गर्ने गरेको स्मरण गर्दै अहिलेको आर्थिक जटिल परिस्थितिमा झन कर्जा बन्द गर्ने कुरा हुुनु अस्वभाविक र व्यवासयी तथा ग्राहकको हित विपरित रहेको बताउनुभयो । व्यवसायीको हितमा हुने गरी व्याजदर कायम हुनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा वालिङ बैंर्कस क्लबका कार्यबहाक अध्यक्ष प्रेमनारायण अर्यालले बैंक बित्तिय संस्था र यसका गतिविधिका बारेमा भनाई राख्नु भएको थियो ।
कार्यक्रम बैंकका वालिङ शाखा प्रमुख लिला गुरुङले शाखा सञ्चालनको छोटो समयमा गरेको प्रगती र सेवाग्राहीमैत्री क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उत्कृष्ट ग्राहकको रुपमा भुषाल भण्डारका इन्द्रप्रसाद भुसाल र सुरेशप्रसाद गैह्रे सम्मानित गरिएको छ ।
२०२२ माघ १० गते काठमाडौमा स्थापना भएको बैंकको २८६ साखा रहेको छन् । त्यसमध्ये वालिङ २८२औँ साखा हो भने बैंकको कुल ग्राहक ४१ लाख ५० हजार रहेको छन् ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…