सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन शिक्षकको भूमिका महत्वपूर्ण : नगरप्रमुख रेग्मी ।

राधाकृष्ण डुम्रे/स्याङ्जा :
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ । पछिल्लो समय सामुदायिक विद्यालय प्रति किन आकर्षण भएन मुल्याङ्कन गर्ने बेला आएको उहाँले बताउनु भयो ।
पुतलीबजार नगरपालिका ११ मा सामुदायिक विद्यालय विकास कार्यक्रम अन्तर्गत वडा भित्र रहेका चार विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गर्दै नगरप्रमुख रेग्मीले गुणस्तरीय शिक्षा अहिलेको आवश्यक्ता रहेको बताउनु भयो ।
सामुदायिक विद्यालयमा दुई कारणबाट विद्यार्थीको संख्या घटेको भन्दै तत्कालै गुणस्तरीय शिक्षा र अभिभावकलाई शिक्षाको स्तरका बारेमा विश्वस्त पार्नु पर्नेमा जोड दिनुभयो ।
सरकारको ठूलो लगानी शिक्षामा रहेको भन्दै उहाँले पाठ्ययोजना बनाएर शिक्षकलाई पठनपाठन गर्न सुझाव दिनुभयो ।
पालिका भित्र अस्तव्यस्त रहेको शिक्षा क्षेत्रलाई आफूहरुले सुधार ल्याउदै गरेको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो,“हामी निर्वाचित भएर आउदा नगरको शिक्षा अस्तव्यस्त थियो,धेरै दरबन्दी कटौती हुँदै जान लागको थियो, हामीले त्यो सवै राक्यौं ।
प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले शिक्षाको विकासका लागि पालिकाले काम गरिरहेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो,“पालिकाले शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ जसको कारण पालिकाको शिक्षाको गुणस्तरमा सुधार ल्याउन सहयोग गरेको छ ।”
विद्यालयहरु सुविधा सम्पन्न भएका तर विद्यार्थीको संख्या घट्ने अवस्था आएको भन्दै प्रमुख प्रशासकीय अधिकृत नागिलाले बसाईसराई लगायतका कारण यस्तो समस्या आएको बताउनु भयो ।


कार्यक्रममा कार्यपालिका सदस्य संजिता नेपाल अर्याल,वडा सदस्यहरु विष्णु वहादुर पराजुली,अशोक कुमार रेग्मी र सुनिता नेपाली लगायतको उपस्थिती रहेको थियो ।
विश्व शान्ति आधारभूत विद्यालयका १२ जना विद्यार्थी, दिव्यज्ञान आधारभूत विद्यालयका ११ ,महेन्द्र देव वाणी आधारभूत विद्यालयका ३१ र विद्यादेय आधारभूत विद्यालयका २९ गरि ८३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको हो ।
कार्यक्रममा चार विद्यालयमा भएका छुट्टाछुट्टै कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments Box
TOP