स्याङ्जामा युनियनको स्थापना दिवस मनाईयो ।

स्याङ्जा :

नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम स्थपाना दिवस स्याङ्जामा मनाईएको छ । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजना र नेपाल प्रेस युनियन जिल्ला साखा स्याङ्जाको समन्वयमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस युनियन गण्डकी प्रदेश लेखा संयोजक राधाकृष्ण डुम्रे, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगाले, युनियनका निर्वतमान अध्यक्ष प्रदिप कोईरालालगायतले पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागी अझै प्रतिवद्ध भएर लाग्नेमा जोड दिनुभएको छ । साथै वक्ताहरुले स्थापना दिवसलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP