रन लिने क्रममा क्रिकेट पिचमा नै ब्याट्सम्यानको मृत्यु ।
नोएड:
भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमा नै एक ३४ वर्षीय ब्याट्सम्यानलाई हृदयघात भएको थियो । अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थलमै मृत्यु भयो ।
मृतक ३४ वर्षीय विकास नेगी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो । माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो ।
उमेश कुमार र विकास पिचमा थिए। १४ औं ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास नन-स्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पिचमा ढलिसकेका थिए ।
यो देखेर दुवै टोलीका खेलाडी पिचमा दौडिए । कतिपय खेलाडीले विकासलाई बचाउनको लागि सीपीआर दिए । उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई नोएडाको नजिकको अस्पतालमा लगिएको थियो । तर त्यतिन्जेल धेरै ढिलो भइसकेको थियो, अस्पताल पुग्नेबित्तिकै विकासलाई मृत घोषित गरिएको थियो।
हृदयघात हुनुअघि विकास आफ्नो टोलीका लागि ७ रन बनाएर ब्याटिङ गरिरहेका थिए । उनले ६ बल खेलेका थिए, तब उनको टोलीको स्कोर १३.५ ओभरमा ५ विकेट गुमाएर १४३ रन थियो ।
उक्त खेल युट्युबबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । पहिले ब्याटिङ गरेको ब्लेजिङ बुल्सले १९.२ ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । दुई टोलीबीचको खेल एसएण्डबी इन्डिया वार्षिक क्रिकेट प्रतियोगितामा भइरहेको थियो । घटनापछि प्रतियोगिता रोकिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


