समाचार पेट्रोल, डिजल र मट्टितेलको भाउ एक रुपैयाँले घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
इन्डियन आयल कर्पोरेशन पठाएको नयाँ खरीद मूल्यअनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६ पैसा र डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएको छ। भारतबाट घटेर आएपछि निगम सञ्चालक समितिले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो।
निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १४३ रुपैयाँ ५० पैसा कायम भएको छ।
साथै सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १६५, डिजल र मट्टितेल प्रतिलिटर १५५ कायम गरिएको छ। काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ, डिजल र मट्टितेल १५६ रुपैयाँ कायम भएको छ।
https://www.himalkhabar.com/news/139710
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


