यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित ।

arjun kumal cricketer

काठमाण्डौ:
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ६४ रनले हराएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट अर्धशतकीय पाली खेल । उनले टोलीको खातामा ९० रन जोडे । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले एक सय चार बलको सामना गरी १२ चौका प्रहार गरे ।
कप्तान देव खनालले पनि ३६ रन बनाए । सुवास भण्डारीले अविजित ३३ रन जोडे । त्यसअघि न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले उत्कृष्ट शतकीय पाली खेलेका थिए । लामो समय क्रिजमा संघर्ष गरेका उनले टोलीका लागि अविजित एक सय ४७ रनको योगदान गरे । उनले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किविज ब्याट्सम्यान ओस्कर ज्याक्सनले पनि अर्धशतकीय पाली खेलेका थिए । टोलीको कप्तानसमेत रहेका ज्याक्सनले ७५ रन बनाए । उनले ८१ बलको सामना गरी पाँच छक्का र तीन चौका पनि हिर्काए ।

 

Facebook Comments Box
TOP