टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा ।

काठमाण्डौ:
आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।
नेपालको खेल:
नेदरल्यान्डसविरूद्ध -जुन ४ (अमेरिका, डालास)
श्रीलंकाविरूद्ध -जुुन ११ (अमेरिका, फ्लोरिडा)
दक्षिण अफ्रिकीविरूद्ध – जुुन १४ ( सेन्ट भिसेन्ट)
बंगलादेशविरूद्ध -जुन १६( सेन्ट भिसेन्ट)
नेपाल रहेको समूहको खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५/५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २/२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २/२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…