टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा ।
काठमाण्डौ:
आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह डी मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।
नेपालको खेल:
नेदरल्यान्डसविरूद्ध -जुन ४ (अमेरिका, डालास)
श्रीलंकाविरूद्ध -जुुन ११ (अमेरिका, फ्लोरिडा)
दक्षिण अफ्रिकीविरूद्ध – जुुन १४ ( सेन्ट भिसेन्ट)
बंगलादेशविरूद्ध -जुन १६( सेन्ट भिसेन्ट)
नेपाल रहेको समूहको खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।
सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५/५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २/२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २/२ टिम सेमिफाइनलमा पुग्नेछन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


