मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सव
वालिङ :
मुक्तिनाथ विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ । बैंकको १८औँ वार्षिकोत्सव वालिङ साखामा पनि मनाईएको छ । कार्यक्रममा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले पैसालाई कसरी पुँजीमा परिणत गर्ने भन्ने विषयमा बंैकहरुले सोँच्नुपर्ने बताउनुभयो । बैंकले उत्पादनमुलक कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै संघका अध्यक्ष श्रेष्ठले बैंकको लगानी कहाँ र कसरी प्रयोग भईरहेको भन्ने विषयमा समेत बैंक चनाखो बन्नुपर्ने बताउउनुभयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, कोषाध्यक्ष खगुपति न्यौपाने, प्रेस युनियनका निर्वतमान जिल्ला अध्यक्ष प्रदिप कोईरालालगायतले बोल्नुभएको थियो । स्याङ्जाबाट शुरु भएको बैंक अहिले राष्ट्रिय स्तरको बैंक बनेको छ । कार्यक्रममा खगेन्द्र अर्याल, अर्जुन श्रेष्ठ, श्याम सुँनारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका वालिङ साखा प्रबन्धक नविन काफ्लेले स्वागत गर्नुभएको थियो भने संचालन उमा भण्डारीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


