मुक्तिनाथ विकास बैंकको १७ औं वार्षिक साधारणसभा ।
काठमाडौं :
मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित भएको छ । शनिबार पोखरामा बसेको सत्रौं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको हो ।
उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित भएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि विभिन्न सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु आएका थिए ।सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।
वार्षिक साधारणसभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


