कांग्रेस सांसद थापा मतदाताको गुनासो सुन्न गाउँगाउँमा
राधाकृष्ण डुम्रे/वालिङ :
प्रतिनिधि सभाका सदस्य राजु थापाले मतदाताको गुनासो सुन्न गाउँगाउँमा जाने अभियान सुरु गर्नु भएको छ । नागरिकका सामान्य समस्याले समेत दुःख पाउने गरेको भन्दै सांसद थापाले गुनासो सुन्ने र त्यसको समाधानका लागि पहल गर्ने योजनाका साथ गाउँगाउँ पुग्न थाल्नु भएको हो ।
संघ,प्रदेश र स्थानीयतह बिचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने तथा विकास निर्माणमा तीन वटै तहको भूमिकालाई प्रभावकारी बनाउने अभियानको योजना छ ।
‘जनता र स्थानीय जनप्रतिनिधिसँग सङ्घीय सांसद’ कार्यक्रम लिएर सांसद थापा गाउँमा पुग्नु भएको हो ।
स्याङ्जा क्षेत्र नं.१ का सांसद थापाले पहिलो चरणमा आफ्नो क्षत्रका सबै पालिकाहरुमा पुग्ने जनता तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“पहिलो चरणमा पालिका स्तरमा भेटघाट र छलफल गर्ने र दास्रो चरणमा नागरिकको घरघरमा नै पुग्ने छु ।”
आफू निर्वाचित भएको क्षेत्रमा रहेका धेरै समस्यासँग आफू परिचित रहेको भन्दै सांसद थापाले नागरिकको दुख,सुखमा सहकार्य गर्ने आफ्नो योजना रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“मेरो लागि सवैथोक नागरिक हुन् म उहाँहरु भन्दा बाहिर रहनै सक्दिन ।”
निर्वाचित भएपछि निरन्तर गाउँ गाउँ पुग्ने र भएका समस्या समाधानको पहलकदमी लिने अभियान चलाईरहनु भएका थापाले सवै राजनैतिक दललाई समेटेर लैजाने बताउनु भयो ।
अर्जुनचौपारी गाउँपालिकामा गरिएको भेटघाट र छलफलले आफूलाई उत्साह थपेको भन्दै सांसद थापाले आफू नागरिकका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
गुनासो सुन्न गाउँमा सांसदलाई पाएपछि अर्जुनचौपारीका नागरिक पनि उत्साहित देखिन्थे,उनीहरुले खुलेर आफ्ना समस्या र पीरमर्का सांसद थापा समक्ष राखेक थिए ।
विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न क्षेत्रका समस्याहरु नगरिकले सुनाएका थिए । सडक निर्माण, बाँदर समस्या, सुन्तला खेतीले मूल्य नपाएको, बेरोजगारी समस्या भएको लगायतका विषयहरु उठेका थिए । उठेका प्रश्नहरुको सांसद थापाले एक एक गरी उत्तर दिनु भयो र कति समय भित्र कुन काम गर्न सकिन्छ भन्ने पनि प्रस्ट पार्नुभयो । आफ्नो तहबाट हुने काम आफूले गर्ने र अरुको साथ लिनु पर्ने काम अरुको साथ लिएर गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा सांसद थापाले जनताका गास,वास र कपास जस्ता आधारभूत आवश्यक्ताका विषय संसदमा कुरा उठाउदै आएको बताउनु भयो । नेपाली कांग्रेस स्याङ्जाका सभापति समेत रहनु भएका थापाले विकासका काममा पार्टी नभन्ने र कुनै पनि प्रकारको राजनीति पनि नगर्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले स्थानीय पालिकाले गर्न सक्ने विकास निर्माणका काम गरिरहेको बताउनु भयो । प्रदेश र संघीय सरकारको समन्वय र सहकार्यमा धेरै कामहरु गर्न सुरु गरिएको तिवारीले बताउनु भयो ।
स्याङ्जामा दुई क्षेत्र रहेको छ । क्षेत्र नं.१ म पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, आँधीखोला, फेदीखोला,हरिनास र विरुवा गाउँपालिका पर्दछन् । यस्तै वालिङ नगरपालिकाका दुई वडा ३ र ४ तथा भीरकोट नगरपालिकाका १,२,३ र ४ गरी चार वडा पर्दछन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …