पैसा धेरै भएपछि राष्ट्र बैंकले दिनहुँ बजारबाट पैसा तान्दै ।
काठमाण्डौ:
बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो ।
पैसा धेरै भएपछि चार दिनमा बजारबाट सवा ७५ अर्ब रुपैयाँ तानियो । उल्लिखित रकममध्ये ५५ अर्ब २५ करोड रुपैयाँ तानिसेकेको छ भने बाँकी २० अर्ब रुपैयाँ आज बिहीबार तान्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । यो रकम पनि तानेपछि पछिल्ला चार दिन (यही पुस १६, १७, १८ र १९ गते) गरेर सवा ७५ अर्ब रुपैयाँ बजारबाट तानिसकेको छ ।
हालको नीतिगत व्यवस्थाअनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बजारबाट पैसा तान्नु पर्छ । अहिले अन्तरबैंक दर २.८० प्रतिशत हाराहारीमा छ । बुधबारको बोलकबोल अनुसार निक्षेप संकलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ । सोही दिन बैंक तथा वित्तीय संस्थाले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


