दश वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ ।
काठमाण्डौ:
दश वर्षीया नाबालिगलाई बलात्कार गरेको अभियोगमा मोरङको सुन्दरहरैंचाबाट ५५ वर्षीय पुरुष पक्राउ परेका छन्। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले बुधबार राति घरबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्थे। बालिकाका बुबा रोजगारीका सिलसिलामा विदेश छन्। आमा पनि दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्।
यसरी अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको मोरङ डीएसपी दाहालले बताए।
‘अभिभावक कोही पनि नभएको अवस्थामा शौचालय नजिकको खाली जग्गामा लगेर बलात्कार गरेको पाइएको छ’, दाहालले भने ‘मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको पत्ता लागेको छ।’ मगरले बुधबार दिउँसो बालिकालाई हातमा समातेर तान्दै गरेको हजुरआमाले देखेपछि यो घटना बाहिर आएको हो।
‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन्। त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’ डीएसपी दाहालले भने, ‘ यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको रहिछन्।’ बारम्बार बलात्कारको पीडामा परेकै कारण नाबालिगमा विभिन्न स्वास्थ्य समस्या देखिएको प्रहरी भनाइ छ। निन्द्रामा चिच्याउने, डराउने, अरुबेला पनि तर्सिने समस्या बालिकामा छ। उनलाई अहिले उपचारका लागि अस्पतालमा राखिएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


