लम्साललाई बधाई तथा सम्मान
प्रकाश डोटेल,
स्याङ्जा, १४ माघ ।
स्याङ्जा सदरमुकामको प्रतिष्ठित सहकारी रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीका निर्वतमान अध्यक्ष, बौद्धिक व्यक्तित्व, सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान गरेको छ ।
विकास बैंक तर्फको नेपालकै उत्कृष्ट बैंक मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न १७ औं साधारण सभाबाट लम्साल संचालकमा निर्वाचित भएका थिए । संस्थाका निर्वतमान अध्यक्ष बैंकको संचालकमा चयन भएकोमा सहकारीले उनलाई सहकारीकै सभाहलमा बधाई तथा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय नेपालको आर्थिक क्षेत्र प्रभावित बन्दा नागरिकको दैनिक महँगो बन्दै गएको बताए । उनले लामो समयदेखि विभिन्न देशमा चलेको युद्ध र कोभिडका कारणले नेपालको आर्थिक क्षेत्र प्रभावित बनेको जिकिर गरे ।
बधाई तथा सम्मानका अवसरमा रोयल सहकारीका उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाका प्रमुख सुजन पोखरेल लगाएतका वक्ताहरुले लम्सालको व्यक्तित्व र बौद्धिकताको प्रयोगले बैंकले थप प्रगति गर्नेमा शुभकामना व्यक्त गरे ।
सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश डोटेलले गरेका थिए भने धन्यवाद ज्ञापन प्रबन्धक शान्ति ढकाल अर्यालले गरेकी थिईन ।
२०५६ मा स्थापित रोयल सहकारी संस्था स्याङ्जाका संस्थापक र जिल्लाका व्यवसायीहरुको सक्रियतामा २०६३ मा मुक्तिनाथ विकास बैंक स्थापना भएको हो । बैंकको प्रमुख लगानी र नेपाल भरका ८ सय भन्दा बढि लगानीकर्ताको लगानीमा २०७४ मा मुक्तिनाथ कृषि कम्पनी संचालनमा आएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


