चौरासी पूजालाई छुट्याएको रकमबाट क्यान्सरका विरामीलाई सहयोग गर्न आठलाखको अक्षयकोष ।

अक्षयकोषका लागि पालिकाका उपाध्यक्ष सीता थापालाई चेक हस्तान्तरण गर्नुहुँदै कृष्ण प्रसाद शास्त्री पौडेल ।

खगीन्द्र पौडेल/स्याङ्जा  :
स्याङ्जाको आँधीखोला गाउँपालिका भित्र क्यान्सरबाट बिरामी भएकाहरुको उपचारमा सहयोग गर्न आठ लाखको अक्षयकोषको स्थापना गरिएको छ ।
आँधीखोला ३ का कृष्णप्रसाद शास्त्री पौडेलको चैरासी पूजालाई छुट्याएको रकमबाट क्यान्सरका विरामीलाई सहयोग गर्न अक्षयकोषको स्थापना गरिएको हो ।
चौरासी पूजामा खर्च गर्न भन्दा सवै मिलेर रकम जम्मा पारौं र अक्षयकोषको स्थापना गरौं भन्ने परिवारमा सल्लाह भएपछि कृष्णप्रसादले पनि सहमती जनाउनु भयो । उहाँ आफै समेत शाष्त्री गरेको पंडित हुनुहुन्छ ।
कृष्ण प्रसादलाई उहाँका दाई ९६ बर्षिय हरिप्रसाद पौडेलले पनि अक्षयकोषका लागि सहयोग गर्नु भएको छ । उहाँहरुले आफ्नी आमा हरिकला पौडेलको नाममा अक्षयकोषको स्थापना गर्नु भएको हो ।
आँधीखोला आधारभुत अस्पतालमा रहने गरी स्थापना गरिएको अक्षयकोषलाई २० लाख पुर्याउने हरि प्रसाद पौडेलका छोरा तथा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“बुवाहरुको सक्रियता र योजनामा हामीले अक्षयकोषको स्थापना गर्न सहयोग गरेका हौं ।” हामी भाईहरु मिलेर शुरुमा २÷२ लाख जम्मा गरी आठ लाखको अक्षयकोषको स्थापना गरेका छौं पालिकाका अध्यक्ष विश्वनाथले बताउनु भयो । उहाँका अनुशार पैसाको अभावमा उपचार गर्न नसक्नेहरु,क्यान्सरबाट अभिभावक गुमाएका बालबालिकाहरु तथा आश्रितहरुलाई कोषबाट सहयोग गरिने छ ।
अक्षयकोषका लागि रकम हस्तान्तरण गर्दै कृष्णप्रसादले आफू चौरासी पूजा भन्दा ठूलो कर्म गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो,“अव हाम्रो कोषले बर्षाै सम्म विरामी र प्रभावितले फाईदा लिन पाउनेछन् ।”

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP