सभापति पोख्रेल सोममायाको संरक्षक, कोपीला नेपालले लियो जिम्मा
स्याङ्जा :
जिल्ला प्रहरी कार्यालयले स्याङ्जाले आफ्नो सामाजिक संजालमा ४ दिन अगाडी बेवारिसे अवस्थामा मानिस फेला परेको भन्दै तस्विर सहित सुचना जारी गरेको थियो । स्याङ्जाको आधीखोला गाउँपालिका ४ सेपतमा फेला परेकी ति महिला बिरुवा गाउँपालिका ६ चिन्नेवास काँडेकी रहेछिन् । बिरुवा गाउँपालिकाको नागरिक बेवारिसे अवस्थामा फेला परेको खबर पाएपछि नेपाली काँग्रेसका बिरुवा गाउँपालिका सभापति डोलराज पोख्रेलले चासो देखाउदै उद्धारमा खटे । सभापति पोख्रेलले उक्त महिलाको घरपरिवार र नाम पत्ता लगाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सम्पर्कमा आए । पोख्रेलका अनुसार बिरुवा गाउपालिका ६ की २३ बर्षिय सोममाया राना नाम गरेकी महिला रहेको जानकारी दिए ।
बेवारिसे भनिएकी सोममाया राना मानसिक रुपमा असन्तुलन रहेको र घरबाट विक्षिप्त अवस्थामा हिडेको पारिवारिक श्रोतबाट थाहा लागेको सभापति पोख्रेलले बताए । सोममायकी बुटवलमा रहेकी बहिनी माया राना सगँ उनको अवस्थाबारे सबै सुझबुझ गर्दा निकै कारुणीक अवस्था रहेको सभापति पोख्रेलको भनाई छ । सोममायाको दोस्रो विवाह भएको खुलेको छ । दोस्रो विवाहपछि उनको एक सन्तान छोरी समेत रहेको बताइएको छ । छोरीको जन्मभएपछि उनीमा मानसिक असन्तुतिल अवस्था भएपछि उनका श्रीमानले उपचार देखी परम्परागत धामीझाक्री गर्दा पनि निको नभएको बताइएको छ । मानसिक असन्तुलन गुमाएपछि आक्रमण देखी छरछिमेक कुटपिट गर्ने क्रियाकलाप बढेपछि उनका श्रीमानले उनलाई माइत लगेर छाडेको उनको पारिवारीक श्रोतले जानकारी दिएको छ । ८० बर्षिय बुवा आँखा नदेख्ने र आमा अपाङ्गता रहेको पारिवारिक श्रोतले जनाएको छ ।
मानसिक असन्तुलनबाट बिक्षिप्त भएकी सोममायालाई सभापति पोख्रेलले अहिले पोखरा स्थित कोपिला नेपाल नामक संस्थामा आफ्नो संरक्षकत्वमा जिम्मा लगाएका छन् । पोखरा स्थित मानवसेवा आश्रममा राख्ने व्यवस्था मिलाएका पोख्रेललाई जिल्ला अस्पतालका नर्स गीता न्यौपानेको सुझावमा कोपिला नेपाललाई जिम्मेवारी दिएको सभापति पोख्रेलले बताए । मानव सेवामा काम गर्न रुचाउने पोख्रेल यसभन्दा अगाडी पनि यस्ता क्रियाकलापमा धेरै संलग्न रहेका छन् । नागरिकको सेवा गर्न पाउदा आफुलाई निकै गर्व महशुष हुने पोख्रेलले बताए । हामी राजनीतिकर्मी हौं उनले भने,‘बेवारिसे, विपत र दुखमा परेका नागरिकको सेवा गर्नु कर्तव्य हो ।’ बोलेर भन्दा गरेर काम गर्दा यस्तैमा आनन्द आउछ उनले भने । उनको कोपिला नेपालले नै उपचार र सबै जिम्मेवारी रहनेगरी जिम्मा लगाइएको बताए । यता कोपिला नेपाल पोखराकी प्रमुख विना सिलवालले समाजमा विक्षिप्त भएका नागरिकको सेवा गर्ने दायीत्व बोकेको कोपिला नेपाल संस्थामा सोममायाको सेवा गर्न पाउदा खुशी लागेको बताइन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …