पत्रकार डुम्रेद्वारा दिवंगत बुबाआमाको स्मृतिमा १ लाखको अक्षयकोष स्थापना

स्याङ्जा :
जनपत्रकार संगठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले दिवंगत बुबा टेकलाल डुम्रे र आमा राधिका डुम्रेको स्मृतिमा रु १ लाखको टेकलाल-राधिका स्मृति अक्षयकोष स्थापना गरेका छन् । गत पुस ९ गते उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन हुनुभएको बुबा टेकलाल र ०६१ सालमा दिवंगत भईसक्नु भएकी आमा राधिकाको स्मृतिमा उक्त कोष स्थापना गरिएको हो। कोषले सामाजिक एवम् शैक्षिक क्षेत्रमा रचनात्मक तथा सिर्जनात्मक कार्यहरू गर्ने छ ।
विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रत्येक फरकफरक बर्ष स्मृति दिवसको अवसरमा आर्थिक सहयोग वा स्टेसनरी सामग्री,खेलकुद सामग्री लगायतको सहयोग गर्ने लक्ष्य राखिएको पत्रकार डुम्रे बताए । साथै स्मृतिमा फरकफरक बर्ष र स्थानमा भलिबल,फुटबल/फुटसल,क्रिकेट लगायतका स्मृतिमा खेलकुद कार्यक्रम गर्ने उदेश्य लिएको छ । साथै वृद्धा आश्रम,बालगृह,स्याहार केन्द्रहरुमा सकेको सहयोग गर्ने योजना राखिएका छ ।
रु १ लाख बराबरको स्मृति अक्षयकोषबाट प्राप्त ब्याजमा प्रत्येक बर्ष थप केही रकम थपेर कार्यक्रमहरु गर्ने उदेश्य लिएको छ । टेकलाल राधिकाका ५ छोरी र ३ छोरा छन् ।
यो पनि : पत्रकार प्रकाश डुम्रेलाई पितृ शोक
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…