माघदेखि सबै बैंकको ब्याजदर एकल अंकमा ।
काठमाण्डौ:
निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर औसतमा शून्य दशमलव ८३ प्रतिशत विन्दुले घटाएका हुन् ।
नेपालमा २० वाणिज्य बैंकले पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ८.९९ प्रतिशत ब्याज दिएका थिए भने माघमा ८.१६ प्रतिशतमा झारिएको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.७६ प्रतिशत विन्दुले घटाएर ६.१२ प्रतिशतमा झारिएको छ । निक्षेपको ब्याजदर घटाएसँगै आधारदर पनि घट्ने भएपछि कर्जाको ब्याजदर पनि घट्नेछ ।
तरलता अभाव भएसँगै बैंकहरूले गत आवदेखि ब्याजदर बढाउँदै लगेर दोहोरो अंकमा पुर्याएका थिए । तर, अहिले वाणिज्य बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । तर, कर्जाको माग बढ्न नसकेपछि माघसम्म आउँदा सबै बैंकको ब्याजदर एकल अंकमा झरेको छ ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर घटाएको बताए । ‘अहिले बैंकहरूमा निक्षेप थुप्रिएको छ । तर, कर्जाको माग छैन । त्यसैले ब्याजदर घटाउँदै गएका छौँ,’ उनले भने, ‘ब्याजदर घट्दैमा कर्जाको माग बढ्छ भन्ने छैन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


