माघदेखि सबै बैंकको ब्याजदर एकल अंकमा ।
काठमाण्डौ:
निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरूले माघदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर औसतमा शून्य दशमलव ८३ प्रतिशत विन्दुले घटाएका हुन् ।
नेपालमा २० वाणिज्य बैंकले पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ८.९९ प्रतिशत ब्याज दिएका थिए भने माघमा ८.१६ प्रतिशतमा झारिएको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.७६ प्रतिशत विन्दुले घटाएर ६.१२ प्रतिशतमा झारिएको छ । निक्षेपको ब्याजदर घटाएसँगै आधारदर पनि घट्ने भएपछि कर्जाको ब्याजदर पनि घट्नेछ ।
तरलता अभाव भएसँगै बैंकहरूले गत आवदेखि ब्याजदर बढाउँदै लगेर दोहोरो अंकमा पुर्याएका थिए । तर, अहिले वाणिज्य बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । तर, कर्जाको माग बढ्न नसकेपछि माघसम्म आउँदा सबै बैंकको ब्याजदर एकल अंकमा झरेको छ ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर घटाएको बताए । ‘अहिले बैंकहरूमा निक्षेप थुप्रिएको छ । तर, कर्जाको माग छैन । त्यसैले ब्याजदर घटाउँदै गएका छौँ,’ उनले भने, ‘ब्याजदर घट्दैमा कर्जाको माग बढ्छ भन्ने छैन ।
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


