डौंवा युवा क्लबद्धारा आश्रमलाई नगद तथा खाद्यन्न सहयोग
आरती कुँवर/वालिङ :
वालिङको एक क्लबले राम्दीस्थित आश्रमलाई रकम तथा खाद्यन्न सहयोग गरेको छ । डौंैवा युवा क्लब वालिङ, ११ले देउँसी भैलो कार्यक्रमबाट संकलन गरेको रकम आश्रमलाई सहयोग गरेको हो । शिव पार्वती वृद्धाश्रम तथा बहुउदेश्यी संस्था वालिङ १० द्धारा सञ्चालित जेष्ठ नागरिक आश्रम गल्याङ १ रामनदि धाममा रहनुभएका वृद्धवृद्धाहरुलाई भोजन स्वरुप नगद रु ६ हजार ५ र खाद्यन्न अन्तरगत चामल तथा धान आइतबार कार्यालयमै पुगेर सहयोग गरेको छ ।
क्लबका अध्यक्ष बद्री पंगेनीले देउँसी भैलो खेलेर जम्मा गरेको रकम बाट नगद तथा खाद्यन्न सहयोग गरेको बताउनुभयो । सामाजिक कार्य अन्र्तगत सन्तानको सहारा बिना आश्रममा रहनुभएका वृद्धवृद्धाहरुलाई सहयोग गरेमा पुण्य मिल्ने तथा केही भएपनि सहयोग गर्ने उदेश्यले रकम तथा खाद्यन्न प्रदान गरिएको क्लबका अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


