गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षमा कविता भुसााल ।
वालिङ :
वालिङमा रहेको गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षमा कविता भुसाल निर्वाचित हुनु भएको छ । आईतबार भएको संस्थाको ११ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले भुसालको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा शान्ति तिवारी, सचिवमा ईन्दिरा अधिकारी,कोषाध्यक्षमा जीतकुमारी गुरुङ,सहसचिवमा भगवती शर्मा पाण्डे,सहकोषाध्यक्षमा देबी काफ्ले सहमतीको अधारमा चयन हुनु भएको हो ।
सदस्यहरुमा सरस्वती बगाले,गिता रनपाल,सरिता अर्याल,अमृता श्रेष्ठ,सीता काफ्ले सुवेदी,याम कुमारी केसी, र राधा रेग्मी रहनु भएको छ ।
यस्तै लेखा समिति संयोजकमा जानुका पंगेनी गैह्रे,र सदस्यहरुमा अमृता तिवारी र मनिषा गैह्रे चयन हुनु भएको छ ।
यसैगरी ऋण समितिको संयोजकमा मञ्जु सुवेदी र सदस्यहरुमा सुनिता श्रेष्ठ र सरस्वती पंगेनी चयन हुनु भएको छ ।

यसअघि साधारण सभाको उद्घाटन समारोहमा बोल्नुहुँदै नगरउपप्रमुख तथा सहकारीका तत्कालिन अध्यक्ष कविता तिवारीले महिलाहरुलाई उद्यमसँग जोड्न सहकारीले काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,“सहकारीका सदस्यलाई उत्पादनमा जोड्दै स्वरोजगार र आत्मनिर्भर बनाउने काम सुरु भएको छ यसलाई निश्कर्षमा पुर्याउनु अवको मुख्य लक्ष्य हो । ” सवैको साथ र सहकार्यले मात्रै यो काम सम्पन्न हुने उपप्रमुख तिवारीको तर्क छ ।
कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष कविता भुसालले सवैको सहकार्यमा काम अगाडि बढाउने बताउनु भयो । सहकारीले लिएका लक्ष्य र उद्देश्य प्राप्त गर्न आफू सक्रिय रहने उहाँको भनाई छ ।
जिल्लामा नै सवै भन्दा महिला सदस्य भएको सहकारीले संमृद्धि गार्मेन्ट उद्योग,अन्नपूर्ण खाद्यान्न उद्योग मार्फत काम सुरु गरेको छ । सहकारीले कृषि खेती र पशुपालनमा पनि काम गरिरहेको जनाएको छ ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


