गल्याङ जेसीजको अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित
खगीन्द्र पौडेल/स्याङ्जा :
गल्याङ जेसीजको बर्ष २०२४ को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित हुनु भएकाे छ।
गल्याङ जेसीजको हिजो भएको छैटौं साधारणसभा एवम् पाँचौ अधिबेशनबाट उहाँ निर्वाचित हुनु भएकाे हाे ।
कुल ४४ मत मध्ये ३९ मत खसेकोमा भण्डारिले २८ मत ल्याउदै विजयी हुनु भएकाे थियाे भने उहाँका निकटतम प्रतिद्वन्दी प्रतिमा भट्टराईले ११ मत प्राप्त गर्नु भयाे । त्यस्तै कार्यकारिणी उपाध्यक्ष मा ४ जनाको उम्मेदवारी रहेको मा सुनिल पाठक र डोलराज खनाल समान २३-२३ मत सहित निर्वाचित भएका निर्वाचन आयुक्त अमृत अर्यालले बताउनु भयाे ।
नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भाव सङ्गै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


