गल्याङ जेसीजको अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित

खगीन्द्र पौडेल/स्याङ्जा :
गल्याङ जेसीजको बर्ष २०२४ को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित हुनु भएकाे छ।
गल्याङ जेसीजको हिजो भएको छैटौं साधारणसभा एवम् पाँचौ अधिबेशनबाट उहाँ निर्वाचित हुनु भएकाे हाे ।
कुल ४४ मत मध्ये ३९ मत खसेकोमा भण्डारिले २८ मत ल्याउदै विजयी हुनु भएकाे थियाे भने उहाँका निकटतम प्रतिद्वन्दी प्रतिमा भट्टराईले ११ मत प्राप्त गर्नु भयाे । त्यस्तै कार्यकारिणी उपाध्यक्ष मा ४ जनाको उम्मेदवारी रहेको मा सुनिल पाठक र डोलराज खनाल समान २३-२३ मत सहित निर्वाचित भएका निर्वाचन आयुक्त अमृत अर्यालले बताउनु भयाे ।
नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भाव सङ्गै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
समाचार
थप सामाग्री
झोलुङ्गे पूललाई व्यवसायिकतामा जोडौं : नगरप्रमुख रेग्मी
६ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका ८ स्थित सुन्दरखोलामा निर्माण गरिएको झोलुङ्गे पूलको शुभारम्भ गरिएको छ । पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले…