समाजप्रति भक्तिभाव र देश प्रेम भएको नागरिक उत्पादन गर्नु पर्छ :नगर प्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शिक्षा चेतनाको दियो भएको बताउनु भएको छ । संसारमा उदाहरणीय र अनुकरणीय कार्य शिक्षाकै माध्यमबाट हुने भएकाले समाजप्रति भक्तिभाव र देश प्रेम सहितको शिक्षा प्रदान गर्नु अहिलेको आवश्यक्ता रहेको उहाँको भनाई छ ।
बुधबार शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको आयोजनार गल्याङ नगरपालिकाको समन्वयमा आयोजित शैक्षिक गुणस्तर अभिबृकिा लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसंगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँ भन्नु भयो शिक्षा समाजको मुलको संसारको सबै भन्दा महत्वपूर्ण हतियार शिक्षा भएकाले हामीले ३०÷४० वर्षको अध्यपनको अनुभवले मात्रै भन्दा पनि हामीले के कस्तो जनशक्ति उत्पादन गरियो भन्ने कुरामा जो दिनु पर्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो हामीले उत्पादन गरेका हजारौ विद्यार्थी उत्पादन गर्ने गर्दछौ तर उसले परिवार,समाज र राष्ट्र असल कर्म, स्थानीय संस्कार संस्कृति र आस्था चिन्योकी चिनेन भन्ने कुरालाई पनि ध्यान दिनु पर्ने कुरा बताउनु भयो ।


उहाँले भन्नु भयो यतिबेला सामाजिक सञ्जालमा छरपस्ट आईरहेका नकरात्मक कुरालाई चिर्नेखालको शिक्षा आज समाजले खोजी रहेको र शिक्षक आफू परिर्वतन भएर सहि र सक्षम जनशक्ति उत्पादन गर्ने पक्षमा लाग्नु पर्ने कुरा बताउनु भयो ।
हामीले यति वर्ष र उती वर्ष वितायौं भन्ने भन्दा पनि हामीले घर परिवार समाजलाई परिर्वतन गर्न सक्यौ वा सकेनौ त्यसले महत्व राख्ने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले गुणस्तरीय शिक्षामा हामीले ध्यान दिन सक्यौ वा सकेनौ भन्ने कुरालाई ध्यान दिएर एउटा विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गर्ने अभियानमा प्रअको महत्वपूर्ण भूमिका हुने कुरा बताउनु भयो ।
सामुदायिक विद्यालयमा ठूलो धनराशी लगानी गरेको र उपलब्धी न्यून हुन विद्यार्थी संख्या घट्दै जानु र शिक्षक अभिभावकको आकर्षण समेत नीजि तर्फ वढ्नु पक्कै पनि राम्रो पक्ष नभएको बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका, चापाकोट नगरपालिका ,कालीगण्डकी गाउँपालिका भित्रका माध्यमिक तहका प्रअहरुको सहभागीता रहेको कार्यक्रमले नयाँ र अनुकरणीय कार्यको अनुसरण गर्ने र समस्या भए त्यसको समाधानमा लाग्ने अभियानका साथ यो कार्यक्रम आयोजना गरिएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले र कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका शाखा अधिकृत टकराज बरालले गर्नु भएको थियो ।

 

Facebook Comments Box
TOP