चन्द्रागिरिमा कार दुर्घटना: मृत्यु हुनेको संख्या ५ पुग्यो ।
हेटौंडा:
हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट(चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौंबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी शनिबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो । गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् ।
दुर्घटनामा काठमाडौं-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।
कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहरु चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हेटौंडा(काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारी साधन चल्न रोक लगाइएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


