निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु ।
पोखरा:
बन्दै गरेको घरको लिफ्टबाट खस्दा मंगलबार पोखरामा एक इन्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर-८ रत्नचोक बस्ने वर्ष ३७ का इन्जिनियर प्रवीण भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
पोखरा-६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको घरमा तातोपानीको सर्भे गर्ने क्रममा सोही घरको पाचौँ तलाको लिफ्टबाट अचानक खस्दा उनको मृत्यु भएको हो।
पोखरा- ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रा.लिमा कार्यरत भट्टराई लिफ्टबाट खसी सख्त घाइते भएकोमा उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेका थिए। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


