निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु ।

death

पोखरा:
बन्दै गरेको घरको लिफ्टबाट खस्दा मंगलबार पोखरामा एक इन्जिनियरको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर-८ रत्नचोक बस्ने वर्ष ३७ का इन्जिनियर प्रवीण भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पोखरा-६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको घरमा तातोपानीको सर्भे गर्ने क्रममा सोही घरको पाचौँ तलाको लिफ्टबाट अचानक खस्दा उनको मृत्यु भएको हो।

पोखरा- ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रा.लिमा कार्यरत भट्टराई लिफ्टबाट खसी सख्त घाइते भएकोमा उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेका थिए। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP