लामो छलफलपछि कांग्रेसले टुंग्यायो १० राष्ट्रिय सभा सदस्य उम्मेदवार ।

काठमाण्डौ:

नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ । गुटको किचलोका कारण सत्तागठबन्धनको ठूलो दल कांग्रेसलाई उम्मेदवार छान्न सकस भएको थियो।

पार्टी पदाधिकारीहरू राति २ बजेसम्म सानेपास्थित कार्यालयमा छलफलमै थिए । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । गठबन्धनबाट कांग्रेसको भागमा १० सिट परेको छ । तर, आइतबार दिनभरजसो आन्तरिक छलफल भए पनि संस्थापन र इतर समूहबीच भागबन्डा मिल्न सकेको थिएन ।

सोमबार बिहानपख सहमति जुटेपछि उम्मेदवारको टुंगो लागेको हो । कांग्रेसले कोसी प्रदेशबाट कृष्णप्रसाद सिटौलाई, मधेशबाट आनन्दप्रसाद ढुंगानालाई, बागमतीबाट जितजंग बस्नेत र विष्णुदेवी पुडासैनीलाई, गण्डकीबाट किरणबहादुर श्रेष्ठ र पदमबहादुर परियारलाई, लुम्बिनीबाट विष्णुकुमारी सापकोटालाई, कर्णालीबाट कृष्णबहादुर रोकायालाई र सुदूरपश्चिमबाट बलदेव बोहोरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP