दोस्रो चापाकोट महोत्सव फागुन ३ बाट हुने
स्याङजा :
दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आगामी फागुन ३ देखि १३ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो ।
बुधबार चापाकोटको सुन्तलीटारमा नगरपालिकाका प्रमुख देव बहादुर खाँणको विशेष उपस्थितिमा महोत्सवको मिति र स्थान घोषणा गरिएको हाे ।
दोस्रो चापाकोट महोत्सवका सूचना तथा प्रसार प्रसार संयोजक गोपीकृष्ण रेग्मीका अनुसार अनुसार चापाकोट उद्योग वाणिज्य आयोजक र चापाकोट नगरपालिका संरक्षक रहने दोस्रो चापाकोट महोत्सव गंगालाल माध्यमिक विद्यालय सुन्तलीटारको खेलमैदानमा आयोजना हुने भएको छ ।
मेलाका मुख्य आकर्षणहरूमा दैनिक राष्ट्रिय स्तरका ख्याती प्राप्त लोकदोहोरी, आधुनिक र पप गायक गायिकाहरूको प्रस्तुति रहनेछ । यस्तै गरी जिल्ला स्तरीय भलिबल प्रतियोगिता, चापाकोट डान्स आइडल, भजन प्रतियोगिता एवं विविध मनोरंजनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


