नगरभित्रको शैक्षिकस्तर सुधारका लागि पालिका सक्रिय नगरप्रमुख कर्माचार्य

भीरकोट :
भीरकोट नगरपालिकाका प्रमुख गोविन्दकुमार कर्माचार्यले नगरभित्रको शैक्षिकस्तर सुधारकालागि पालिका सक्रिय रहेको बताउनु भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका-६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नगरप्रमुख कर्माचार्यले पालिकाले आगामी शैक्षिकसत्रदेखि नयाँ तवरले अघि बढ्ने योजना रहेको जानकारी गराउनु भयो । आजभोली अनुगमन, निरीक्षण र छलफलमा नगरपालिका व्यस्त रहेको भन्दै कर्माचार्यले यसबाट प्राप्त निष्कर्षका आधारमा अघि बढ्ने स्पष्ट पार्नु भयो ।
भाग्योदय मावि भीरकोटको नमुना विद्यालय रहेको बताउँदै संस्कार, संस्कृति, भेषभूषा, परम्परालाई जर्गेना गर्नु विद्यालयको समेत दायित्व रहेकोमा उहाँको जोड छ ।
कर्माचार्यले अक्षयकोषदाता डा. आनन्द ढुंगानाले विद्यार्थी, अभिभावक र शिक्षकको साझेदारीमा शैक्षिक गुणस्तरमा अभिबृद्धि हुने बताउनु भयो ।

भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीले विद्यालयलाई उत्कृष्ट बनाउन आवश्यक सहयोग गर्ने बताउनु भयो । वडा नं. ८ का वडाध्यक्ष नन्दलाल खनालले शिक्षा सम्बन्धी ऐन, नियम र निर्णय कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखे । आपसी समन्वयमा विद्यालय क्षेत्र सुधारको लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने नेपाली काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारीले बताउनु भयो । प्याब्सन केन्द्रिय सदस्य अमृत अर्यालले हरेक विद्यार्थीको पहिलो पाठशाला उस्को आफ्नै घर र गुरु आफ्ना अभिभावक भएकाले उनीहरुलाई घरबाटै असल संस्कार सिकाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पब्लिक एकेडेमी माविका प्रअ देवकी रेग्मी, दहथुम माविका शेषकान्त खनाल, बालकल्वका विद्यार्थीहरु, अभिभावक लगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले विद्यालयको वार्षिक उपलब्धी सहित ५ करोड ६६ लाख रुपैया बराबरको वार्षिक आय व्याय प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले विद्यालयको गुणात्मक विकासको लागि सबै पक्षले आवश्यक सहयोग गर्नुपर्ने बताउनु भयो ।
भौतिक तथा शैक्षिक कार्यक्रमका लागि सबै निकायको सहयोग आवश्यक रहेको खनालको तर्क छ । कार्यक्रमको अवसरमा विद्यालयले अवकासप्राप्त शिक्षक, कर्मचारी तथा विव्यास अध्यक्षलाई समेत सम्मान गरेको थियो ।
विविध साँस्कृतीक कार्यक्रम र शैक्षिक छात्रावृत्ति वितरणसहित वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।

Facebook Comments Box
TOP