स्थानीयमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा चापाकोटका जनप्रतिनिधि पक्राउ

arrested

चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकाका स्थानीयमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।
चापाकोट नगरपालिका १ का वडा सदस्य सन्तोष थापालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो । थापालाई इलाका प्रहरी कार्यालय चापाकोटले बुधबार नियन्त्रणमा लिएर मुद्धादर्ताको लागि वडा प्रहरी कार्यालय वालिङ पठाइएको प्रहरीले जनाएको छ ।
चापाकोट नगरपालिका–१० का रुद्र बहादुर दमै र उहाँको परिवारलाई मंगलबार रातिको समय थापाले गालीगलाैज र हातपात गरेको प्रहरीले जनाएको छ । परिवारले प्रहरी समक्ष उजुरी गरेपछि थापालाई नियन्त्रणमा लिईएको हो ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेका थापा गएको स्थानीयतहको चुनावमा नेकपा एमालेको तर्फबाट उमेद्वार बनी निर्वाचित हुनु भएको हो ।
दुर्व्यवहारको घटनामा रुद्र बहादुरको परिवारसँग सहमति गर्न पार्टी तहबाट दवाव आएको भए पनि परिवार सुरक्षा माग्दै प्रहरीको गएको बताईएको छ ।
थापा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका क्रममा नेपाली काँग्रेसबाट बुथ प्रतिनिधि बसेका भरत वोस्तीलाई कुटपिट गरेका थिए । थापाले मतदाता नामावलीमा नाम नभएका व्यक्तिलाई मतदानमा सहभागी गराउन खोज्दा विवाद भएको थियो । सो क्रममा प्रहरीले हवाईफायर समेत गर्नु परेको थियो भने मतदान समेत केही घण्टा अवरुद्ध भएको थियो ।

 

Facebook Comments Box
TOP