बृद्धबृद्धाले गरे बालगृहलाई नगद सहयोग ।
स्याङ्जा :
स्याङ्जाको भीरकोट १ बयरघारीका गुरुङ परिवारद्वारा अमोर सेवा बालगृहलाई नगद प्रदान गरेका छन् । भीरकोट नगरपालिका वडा नम्वर ८ वकादी हाल बयरघारी बजार बस्दै आउनुभएका चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले फेदिखोला १.कटुजेस्वाँरामा रहेको बालगृहमा एक कार्यक्रमकाबीच नगद रु ७५ हजार दान गरेका हुन् । बाबा ८४ वर्ष र आमा ८० वर्ष पुगेको उपलक्ष्यमा उक्त रकम दान गरिएको उहाँका छोरा इन्द्रजीत गुरुङले बताउनुभयो । बाबाले ८४ पूजा गर्नेबेला भयो, यस अवसरमा सामाजिक संस्था तथा गरिव दुःखीलाई दान गर्ने इच्छा गर्नुभएकाले बालगृहमा दान गर्न आएको इन्द्रजीतले बताउनुभयो । असहाय बालबालिकाहरुको आश्रय बनेको बालगृहमा आएर दान गर्न पाउँदा बाबा आमा लगायत सम्पूर्ण परिवारलाई खुसी लागेको उहाँले उल्लेख गर्नुभयो । आफ्नो परम्परा र संस्कार अनुसार पूजा आजा पनि गर्नुपर्छ, तर पूजाआजाको नाममा अनावस्यक तडक भडक गर्न आवस्यक छैन । गुरुङले भन्नुभयो—“बाबा आमाको इच्छा अनुसार गरिव दुःखी एवम् सामाजिक संघ संस्थामा सहयोग गर्न आवस्यक ठानेर असहाय बालबालिकालाई सहयोग पुगोस भनेर बालगृहमा आएर दान गरेका हौं ।” अभिभावक विहिन ३१ जना बालबालिकाहरुको पढाई लेखाईसहित यति राम्रोसँग बालगृह सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै गुरुङले यो सुरुवात भएको र आगामी दिनमा थप सहयोग गर्दैजाने बताउनुभयो ।
नगद दान गर्दै चन्द्रबहादुर गुरुङ र गौधरी गुरुङले ६ भाई छोरा र दुई छोरीका गरेर १६ जना नाति नतिना थिए, अब यहाँ भएका ३१ जना बालबालिका पनि आफ्नै नाति नतिना सम्झेको बताउनुभयो ।
अमोर सेवा नेपाल बालगृहमा स्याङ्जासहित पर्वत, रुकुम र मुगुका गरी ३१ जना बालबालिका छन् । यो बालगृह २०६८ सालमा स्थापना भएको र २०७२ सालदेखि सञ्चालनमा ल्याइएको हो । यहाँ शिशुदेखि स्नातकसम्म अध्ययनरत बालबालिका छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


