छैँठौ अधिवेसन नयाँ समिति गठन

वालिङ :
नेपाल रेडक्रस सोसाईटि आँधीखोला उपसाखा वालिङको वार्शिक साधारण सभा तथा छैँठौ अधिवेसन नयाँ समिति गठन गरेको छ । उपसाखाको सभापतिमा मधुसुदन उपाध्याय, उपसभापतिमा सीता आले, सचिवमाा सुरेश गैह्रे, उपसचिवमा श्रीकृष्ण सिग्देल, कोषाध्यक्षमा राधाकृष्ण डुम्रे, उपकोषाध्यक्षमा विश्वप्रकाश थापा रहनुभएको छ भने सदस्यहरुमा विद्या श्रेष्ठ, कमलप्रसाद पाण्डे, लोकबहादुर कुमाल रहनुभएको छ ।
कार्यक्रममा जिल्ला रेडक्रस सोसाईटिका उपमन्त्री खगेन्द्र अर्यालले विपतका बेला रेडक्रसले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको भन्दै मानवीय भावनाले अगाडि बढेको संस्था रेडक्रस भएको बताउनुभयो । जिल्ला रेडक्रसका सदस्य विष्णुप्रताप खांण निर्वाचन अधिकृत रहेको निर्वाचन समितिले नयाँ समिति निर्वाचित गरेको हो । कार्यक्रम विद्या श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सुरेश गैह्रेले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP