आँधीखोलामा पाचँ दिने निःशुल्क दन्त शिविर

Aandhikhola gaupalika bhawan

स्याङ्जा :

आँधीखोला गाउँपालिकामा पाँच दिने निःशुल्क दन्त शिविर हुने भएको छ । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले माघ २ गतेदेखि ६ गतेसम्म पालिका परिसरमा शिविर सञ्चालन हुने बताउनुभएको हो ।

नेलम्बो नेपालको सहकार्यमा हुने शिविरबाट दाँत सम्बन्धी समस्या भएका पालिकाबासीहरु लाभान्वित हुने पालिकाले विश्वास लिएको छ । शिविरमा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको जरैदेखि उपचार, गिजाको उपचार, औषधी वितरण हुनेछ ।

दैनिक ६० देखि ७० जना सेवाग्राहीलाई मात्र सेवा उपलब्ध गराउन सकिने हुँदा समयमा नै उपस्थित भएर निःशुल्क सेवा लिन अध्यक्ष पौडेलले आग्रह गरेका छन् । गाउँ बस्तीमा पुग्दा होस् वा अन्य समयमा भेट हुँदा प्राय दाँतको समस्या सुनिएको बताउँदै पौडेलले वृद्ध बुबा आमाहरूले दाँत सम्बन्धी समस्या रहेको गुनासो गरेको बताउनुभयो ।

दाँतको उपचार पद्धति अलि जटिल र महङ्गो रहेको गुनासो पनि सुनिएकाले यसपल्ट पालिकामै पाचँ दिनसम्म विशेषज्ञ डाक्टर सहितको निःशुल्क बृहत् दन्त शिविर गरेको पौडेलले बताउनुभयो ।

शिविरमा आँधीखोला गाउँपालिका मात्र नभई पुतलीबजार, फेदिखोलाँ र पर्वतको फलेबासका बिरामी समेत सहभागी हुनेछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP