वालिङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइदै ।

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा हुन लागेको आठौं वालिङमा महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीयले माग गरे अनुशार महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन गरिने आयोजक उद्योग बाणिज्य संघले जनाएको छ ।
आगामी माघ १८ देखि २८ सम्म वालिङ खेल मैदानमा हुने महोत्सवका लागि स्थानीय उत्पादन र बजारीकरणलाई मूख्य प्राथमिकता दिन काम सुरु भएको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
वालिङ सहित जिल्लाका विभिन्न स्थानमा रहेका स्थानीय उत्पादनको खोजी र उनीहरुलाई महोत्सवमा आउन प्ररित गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
महोत्सवमा कृषि र हस्तकलाका सामाग्रीका लागि निशुल्क स्टल उपलव्ध गराईएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो,“आधुनिक कृषि औजार प्रदर्शनीका लागि पनि निशुल्क स्टल उपलव्ध गराउँदैछौं ।” स्थानीय उत्पादन भएका अन्य औद्योगिक सामाग्रीका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
गाउँगाउँमा भएका उत्पादनहरुको विवरण संकलन गर्ने काम भईसकेको भन्दै कृषि प्रदर्शनीका संयोजक शिवलाल डुम्रेले स्थानीय कृषि सहकारी तथा हस्तकला उत्पादकहरु सम्पर्कमा आईरहेको जानकारी दिनुभयो । उनीहरुलाई निशुल्क स्टल दिने भन्दै संयोजक डुम्रेले आवश्यक अन्य सहयोग गर्न संघ तयार रहेको बताउनु भयो ।
पछिल्ला समय मेला र महोत्सव आयातीत उत्पादन बिक्री वितरणमा प्रेरित भइरहेका भन्दै जिल्लाका नागरिकले गुनाशो गर्दै आएका थिए । नागरिकको चाहना अनुसार नै आफूहरु स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरी अगाडि बढेको स्थानीय उत्पादन प्रदर्शनीका संयोजक पिताम्वर भुसालले जानकारी दिनुभयो ।
जिल्ला कृषि ज्ञान केन्द्र र जिल्लाका विभिन्न पालिकाहरु बीचको समन्वयमा स्थानीय उत्पादन र कृषिउपजको प्रदर्शनीको व्यवस्था मिलाएको छ । उत्कृष्ट कृषिउपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…