इपिएस कोरिया सम्वन्धि प्रदर्शनको क्रममा दुई जनाको मृत्यु ।
काठमाण्डौ:
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनापछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको जानकारी दिए ।
यसअघि प्रदर्शनको क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । जुम्लाका राउत भक्तपुर क्षेत्रमा बस्दै आएका थिए।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा फारम नै भर्न नपाएको भन्दै युवाहरुले बिहानै देखि प्रदर्शन गरेका थिए ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर समेत गरेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


