स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटना ट्रक चालक तानसेन नगरपालिका वडा नम्बर ७ धोबीघाट पाल्पाका ३२ वर्षीय केशव घिमिरे गम्भीर घाइते हुनुभएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
सिद्धार्थ राजमार्गमा बुटवलबाट स्याङ्जातर्फ आउँदै गरेको लु २ ख ५७५५ नम्बरको मिनी ट्रक सडकबाट दुई सय मिटर तल खसेको हो ।
घाइते चालक घिमिरेलको ढाड र बायाँ खुट्टा, टाउको लगायतका ठाउँमा चोट लागेको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


